जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’, जिपर्स मिटिङ २०२१ सम्पन्न

काठमाडौं - नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई प्रोत्साहित गर्न नेपाली जिपप्रेमीहरुले ‘जिप क्लप नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् ।

काठमाडौंमा आयोजना गरिएको ‘जिपर्स मिटिङ २०२१’ मा जिपका उत्साहीहरुले जिप क्लब नेपालको स्थापना गरेका हुन् । जिपप्रेमी सदस्यहरुले अफरोडिङबारे जानकारी आदानप्रदान गर्ने र नयाँ ट्रेल र अफरोड रुट पहिचान गर्नेछन् ।

‘जिप एसयुभीबारे अझ धेरै थाहा पाउन र यसको वास्तविक क्षमताको अनुभव गर्न हामी आउटडोर इभेन्टहरु आयोजना गर्नेछौं,’ जिप कम्पास ट्रेलहकधनी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सौरभ कृष्ण मल्लले भने ।

त्यसैगरी क्लबका अर्का सदस्य तथा एनसेलमा कार्यरत सुदिप देवकोटाले जिप क्लबले अफरोड ड्राइभिङबारे ट्रेनिङ दिने, ट्रेलहरुको आयोजना गर्नुका साथै अन्य सामुदायिक क्रियाकलापहरु गर्ने बताए । ‘जिप क्लबले अफरोडिङबारे सिकाउने, सोसियल र एडभेन्चरस क्रियाकलाप गर्ने र पारिवारिक जमघटलाई प्रोत्साहित गर्नेछ,’ उनले अगाडि भने ।

नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफका सीईओ अनिश लामिछानेले जिप क्लबले नेपाली बजारमा जिपको ‘ब्रान्ड इमेज’ र ‘ओनरसिप एक्सपेरियन्स’ लाई बलियो बनाउने बताए । ‘हामीलाई विश्वास छ जिप क्लबले हाम्रा ग्राहकलाई जिपको लेजेन्डरी क्यापाबिलिटीबारे बुझाउन मद्दत गर्नेछ र कस्टमर इन्गेजमेन्टलाई बृहत बनाउनेछ,’ जिपर्स मिटिङमा उहाँले भने ।

अन्तर्राष्ट्रिय स्तरमा जिप क्लबहरुको सुरुवात जिपको उपस्थिति सडकमा देखिएदेखि नै भएको थियो । दोस्रो विश्वयुद्धमा प्रयोग भएका जिपको क्षमताबाट प्रभावित पूर्वसैनिकले आफूले प्रयोग गरेका जिपलाई लिएर भेटघाट गर्ने र ट्रेलमा जान थालेपछि जिप क्लब अस्तित्वमा आएको थियो । अहिले संसारमा हजारौं जिप क्लबहरु संचालनमा छन् ।

सम्बन्धित समाचारहरू

जिपको नयाँ कम्पासमा बढ्यो आकर्षण, स्पोर्ट र एस– मोडल खरिद गर्न डेढ महिनासम्म कुर्नुपर्ने

जिपको नयाँ कम्पासमा बढ्यो आकर्षण, स्पोर्ट र एस– मोडल खरिद गर्न डेढ महिनासम्म कुर्नुपर्ने

अमेरिकन आइकनिक ब्रान्ड जिपको नयाँ कम्पासले अहिले नेपाली एसयूभी पारखीलाई...

नेपाल आउने तयारीमा फोटोनको लाइट ड्युटी ट्रक अमार्क

नेपाल आउने तयारीमा फोटोनको लाइट ड्युटी ट्रक अमार्क

काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लाइट...

दुई सातामा एक हजारले टेस्ट ड्राइभ गरे चांगनको एल्सभिन सेडान

दुई सातामा एक हजारले टेस्ट ड्राइभ गरे चांगनको एल्सभिन सेडान

काठमाडौं – नेपालमा हालै भित्रिएको चांगन अटोको नयाँ सेडान एल्सभिन एक हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...