अग्नि ग्रुपद्वारा डडेल्धुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

काठमाडौं – अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं ७ अन्तर्गत सुदूरपश्चिमाञ्चल विकास क्षेत्र डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँबिक्री, सेवा र पार्टपुर्जा सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।

महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम डडेल्धुराको किर्तिपुरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले शनिबार स्थानीय प्रतिनिधिहरु सहित संयुक्त रुपमा उद्घाटन गरे ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।

उद्घाटन कार्यव्रmममा अग्नि ग्रुपका डडेल्धुरा, किर्तिपुरका लागि बिक्रेता साइपाल अटोमोबिल्स प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र साउदका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्रीएस सेटअप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्ट्सको लाभ उपलब्ध गराउनमा समर्पित हुनेछ ।

डडेल्धुरा र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यो शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरु, एसयूभीहरू, पिकअपसहितका सबै उत्पादनहरू उपलब्ध हुनेछन् ।

सोही दिन अग्निग्रुपले डोटी स्थित दिपायलमा रहेको दक्षिणकाली मोटर कोर्प प्रालिमा पनि शुभारम्भ गरेको छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र दक्षिणकाली मोटर कोर्प प्रालिका ाप्रबन्ध निर्देशक नविन जोशीले संयुक्त रुपमा थ्रीएस सेटपमै महिन्द्राका नयाँ शोेरुप र सर्भिस सेन्टरको समुद्घाटन संयुक्त रुपमा गरे ।

कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसबाट उद्यमी र कृषक÷कृषिकर्मीहरूले लाभप्राप्त गर्ने विश्वास लिइएको छ ।

कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको शोरुम अग्नि इन्कर्पोरेटेड प्रालि अन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वर्क्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो ।

सम्बन्धित समाचारहरू

महिन्द्राले भारतमा सार्बजनिक गर्यो एक्सयुभी ७०० को मूल्य, नेपाल आउँदा १ करोड माथीसम्म पर्न सक्ने

महिन्द्राले भारतमा सार्बजनिक गर्यो एक्सयुभी ७०० को मूल्य, नेपाल आउँदा १ करोड माथीसम्म पर्न सक्ने

महिन्द्राले आफ्नो हालसम्मकै प्रिमियम र महंगो एसयुभी एक्सयुभी ७०० को मूल्य...

जिम्नी र थार मध्ये कुन उत्कृष्ट ? हेर्नुस् पुरा विवरण

जिम्नी र थार मध्ये कुन उत्कृष्ट ? हेर्नुस् पुरा विवरण

लामो समयदेखि प्रतीक्षामा रहेको मारुती सुजुकीको जिम्नी एसयूभी भारतमा...

महिन्द्राले देखायो इलेक्ट्रिक एसयुभीका लागि तयार पारिएको नयाँ इन्टेरियर

महिन्द्राले देखायो इलेक्ट्रिक एसयुभीका लागि तयार पारिएको नयाँ इन्टेरियर

महिन्द्राले पहिलोपटक आफूले तयार गर्न गैरहेको इलेक्ट्रिक एसयुभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...