तीन इलेक्ट्रिक एसयूभीसहित बेलायत प्रवेश गर्ने तयारीमा महिन्द्रा
काठमाडौं–भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा एन्ड महिन्द्राले तीनवटा...
काठमाडौं – नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरको आधिकारिक वितरक अग्नि इन्कर्पोरेडले भैरहवाको बोदीभिल्लामा विशेष अवसर पारीे हेफर इन्टरनेसनललाई ४६ थान महिन्द्रा बोलेरो पिकअप डेलिभरी गरेको छ ।
डेलिभरी पश्चात हेफर इन्टरनेसनलले सम्बन्धित ग्राहकहरूलाई उक्त ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण गरेको थियो । यो सहकार्यले दुई कम्पनी बीच मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको कुरा कम्पनीले जानकारी दिएको छ ।
हेफर इन्टरनेसनल नेपालले कृषि सहकारीलाई कृषि उत्पादन ढुवानीको सवारीसाधन प्रदान गरेको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक समृद्धिका लागि कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै सवारीसाधन सहकारीलाई प्रदान गरिएपछि बजारीकरणमा टेवा पुग्ने बताए ।
किसानले उत्पादन गरेका पशु र कृषिजन्य उपजको ढुवानीमार्फत विभिन्न स्थानका सहकारीमा आवद्ध ४५ हजार किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...