पाल्पाको रामपुरमा महिन्द्राले बिस्तार गर्यो सर्भिस र स्पेयर सहितको नयाँ नेटवर्क

महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको नेपालका लागि आधिकारिक बितरक अग्नी ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्सले पाल्पाको रामपुरमा सर्भिस र स्पेयर पार्टस सहितको नयाँ डिलर बिस्तार गरेको छ । रामपुर अटो भिलेजका नामले संचालनमा आएको यो सर्भिस सेन्टरले बालाजु अटो वक्र्सको बुटवलस्थित आधिकारिक डिलर लोक शुसिला अटो कन्सर्नको सब डिलरका रुपमा सर्भिस र स्पेयर पार्टस् उपलब्ध गराउने छ ।

हिजो लुम्विनी प्रदेशकी रोजगार तथा यातायात ब्यवस्था मन्त्रि पुरुमती ढेगा मगरको उपस्थितीमा एक कार्यक्रमको अयोजना गरी नयाँ सर्भिस सेन्टरको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रममा बालाजु अटो वक्र्सका प्रदेश प्रबन्धक बिजेश ग्वायामारुको समेत उपस्थिती रहेको थियो ।

यो नयाँ सर्भिस सेन्टरले पाल्पा आसपास क्षेत्रमा गुड्ने महिन्द्रा प्यासेन्जर कार र पिकअपलाई छिटो छरितो र प्रभावकारी तवरबाट सेवा दिने बिश्वास लिइएको छ । महिन्द्रा ब्रान्डको जेन्युइन स्पेयर पार्टस समेत उपलब्ध हुने यो वर्कशपमा दक्ष तथा अनुभबी टेक्निसियनको ब्यवस्था मिलाइएको बालाजु अटो वक्र्स स्रोतले जनाएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा एक्सयूभी ३एक्सओको इलेक्ट्रिक भर्सन लन्च, मूल्य कति ?

महिन्द्रा एक्सयूभी ३एक्सओको इलेक्ट्रिक भर्सन लन्च, मूल्य कति ?

महिन्द्राले आफ्नो लोकप्रिय सव–कम्प्याक्ट एसयूभी ३एक्सओको इलेक्ट्रिक...

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

फेब्रुअरी २०२५ मा भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक भएको छ ।...

सेप्टेम्बरमा आउने भयो महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक

सेप्टेम्बरमा आउने भयो महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक

महिन्द्रा एण्ड महिन्द्राले सेप्टेम्बर २०२२ मा इलेक्ट्रिक एक्सयूभी ४००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...