इलेक्ट्रिक माइक्रोमा बढ्यो क्रेज, गरुड सेक्युरिटिजले किन्यो एकैपटक ४ इलेक्ट्रिक माइक्रो बस

नेपाली बजारमा इलेक्ट्रिक भेइकलको माग दिनप्रतिदिन बढ्दै गएको छ । माग अनुरुप आपूर्ति हुन नसक्दा अधिकांश ब्रान्डले अभावको अवस्था समेत झेल्नु परेको छ । जसका कारण अहिले ग्राहकले चाहेर पनि भनेकै समयमा यस्ता सवारीसाधन खरिद गर्न सक्ने अवस्था रहेको देखिदैन ।

बजारमा अहिले इलेक्ट्रिक कारसँगै अन्य सेग्मेन्टका यस्ता साधनको माग समेत बढ्न थालेको छ । पछिल्लो समय दीगो ग्रुप अफ कम्पनिज अन्तर्गतको एनईभी नेपालले आयात गर्दै आइरहेको डिएफएसके ब्रान्डको माइक्रो बसमा विभिन्न व्यावसायिक संस्थाहरुले रुचि देखाउन थालेका छन् । हालै गरुड सेक्युरिटिज प्रालिले एकैपटक ४ वटा यो माइक्रो बस खरेद गरेबाट पनि यो तथ्य पुष्टि भएको हो ।

केहीसमय अघिमात्र नेपाल भित्रिएको यो ब्रान्डको माइक्रो बस हालसम्म २५ भन्दा बढी युनिट बिक्री भैसकेको कम्पनी स्रोतको भनाइ छ । उक्त स्रोतका अनुसार २५ युनिटकै हाराहारीमा ग्राहकले बुकिङ समेत लिएका छन् । ‘बजारमा माग बढिरहे पनि माग अनुसार आपूर्ति हुन नसक्दा ग्राहकलाई भनेकै समयमा डेलिभरी दिन सकिरहेका छैनौ । आपूर्तिमा सहजता आउने बित्तिकै डेलिभरी दिने शर्तमा बुकिङ लिएर बस्नु परेको छ’ उक्त स्रोतले भन्यो ।

यस्तो छ माइक्रो बसको मूल्य, पावर र फिचर्स
चिनियाँ ब्रान्ड डिएफएसकेले उत्पादन गर्ने डाँफे ११ सिटरको माइक्रो बस हो । यसमा ४२ किलोवाट आवरको ब्याट्री र ६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसले २०० एनएम टर्क जेनेरेट गर्न सक्ने दाबी गरिएको छ । यो माइक्रो बसको मूल्य नेपाली बजारमा ४४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसमा ब्लुटुथ कनेक्टिभिटी लगायत अन्य थुप्रै कम्फर्ट फिचर्स उपलब्ध गराइएको छ । साथै इपिएस, एबिएस विथ इबिडी र हिल एसिस्ट कन्ट्रोल लगायत अन्य थुप्रै प्रकारका सेफ्टि फिचर्स समेत समाबेश गरिएको छ । कम्पनीले यो माइक्रो बसमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम समेत दिएको छ ।

एकपटक फुल चार्ज गर्दा २५० किलोमिटरसम्म यात्रा गर्न सकिने यसको ब्याट्रीलाई ३० किलोवाटको डिसी चार्जरबाट १ घन्टा ३५ मिनेट र ७ किलोवाटको फास्ट चार्जरबाट ६ घन्टा ५० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । यसरी चार्ज गर्दा प्रतिकिलोमिटर जम्मा १ रुपैयाँ ६ पैसामात्र सञ्चालन खर्च आउने दाबी गरिएको छ ।

कम्पनीले यसको ब्याट्रीमा ५ बर्ष अर्थात १ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी सेवा प्रदान गर्दै आइरहेको छ । हाल यसको काठमाडौ, कुरिनटार, मुलकोट र सिन्धुलीमा चार्जिङ स्टेशन बिस्तार भएको छ ।

सम्बन्धित समाचारहरू

सांग्रिला मोटर्सद्वारा लिपमोटर कस्टमर -याली भव्यताका साथ सम्पन्न

सांग्रिला मोटर्सद्वारा लिपमोटर कस्टमर -याली भव्यताका साथ सम्पन्न

काठमाडौँ–सांग्रिला मोटर्स प्रालिले शनिबार आफ्नो बहुप्रतिक्षित ‘लिपमोटर...

इलेक्ट्रिक कार किन्नु पहिले जानौ : चार्जर कस्तो छ ? कसरी प्रयोग गर्ने ?

इलेक्ट्रिक कार किन्नु पहिले जानौ : चार्जर कस्तो छ ? कसरी प्रयोग गर्ने ?

विद्युतीय गाडी प्रयोग गर्नु वा किन्नु अघि तपाईले जान्नुपर्ने पहिलो कुरा...

चीनमा विद्युतीय कारको बिक्री १४५ प्रतिशतले बृद्धि भयो, पेट्रोलियम कारको बिक्री घट्यो

चीनमा विद्युतीय कारको बिक्री १४५ प्रतिशतले बृद्धि भयो, पेट्रोलियम कारको बिक्री घट्यो

चीनमा सन् २०२१ मा बिद्युतीय कारको बिक्री १४५ प्रतिशतले वृद्धि हुँदा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...