अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न

अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपले हिजो आयोजना गरेको उक्त राइडमा १२० जना राइडरले सहभागिता जनाएका थिए । सोहि क्रममा नगरकोटको होटल चौतारीमा पुगेर राइडरले बिभिन्न मनोरञ्जनात्मक खेलमा सहभागिता जनाउँदै उक्त रात सोहि होटलमा बिताएका थिए । खेलमा बिजयी राइडरलाई पुरस्कारको साथै सहभागी सबैजनालाई प्रमाणपत्रबाट सम्मान समेत गरिएको थियो ।

राइडमा अप्रिलियाका एसआर १५०, स्ट्रोम र केहिदिन अघिमात्र भित्रिएको एसएक्सआर १६० स्कुटरमा सवार राइडरले सहभागिता जनाएका हुन । यी स्कुटरको पर्फमेन्स टेष्ट गरिनु र राइडरलाई रिफ्रेसमेन्ट प्रदान गर्नु उक्त राइडको मुख्य उद्देश्य रहेको कम्पनीका उपाध्यक्ष विजय महतोले जानकारी दिए ।

उनले भने, ‘ पछिल्लो समय अप्रिलिया स्कुटर प्रयोग गर्ने ग्रााहकले यस प्रकारको राइडमा सहभागी हुन इच्छा देखाउँदै आएका छन् । यसप्रकारको राइडले ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन समेत सहयोगी हुने कारण हामीले बिभिन्न स्थानहरुमा राइडको अयोजना गर्दै आइरहेका छौ ।’

ग्राहकबीच अन्तरक्रिया गराउन, भेइकलको परफमेन्स र रिभ्यु गर्न तथा ब्रान्डको प्रबद्धन गर्न समेत यो राइड उपयोगी भएको उनको भनाई थियो । राइडमा सहभागी हुन इच्छुक ग्राहकको संख्या बढ्दै गएका कारण अवको केही समयपछि नयाँ लोकेशनमा पुन अर्को राइड आयोजना गर्ने तयारी आफूहरुले थालेको महतोले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

भेस्पा/अप्रिलियाले ल्यायाे खुसीयाली साटा–साट नयाँ वर्ष अफर

भेस्पा/अप्रिलियाले ल्यायाे खुसीयाली साटा–साट नयाँ वर्ष अफर

काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि भेस्पा/अप्रिलिया...

भारतमा ७५ वर्ष पुरा भएको अवसरमा आयो भेस्पाको यस्तो विशेष स्कुटर

भारतमा ७५ वर्ष पुरा भएको अवसरमा आयो भेस्पाको यस्तो विशेष स्कुटर

पियाजियोले भारतमा ७५ वर्ष पुरा गरेको अवसरमा भेस्पा ७५औं एनिभर्सरी एडिसन...

फागुन १ देखी भेष्पा र अप्रिलिया स्कुटरको मूल्य वढ्ने, यस्तो छ नयाँ मूल्य

फागुन १ देखी भेष्पा र अप्रिलिया स्कुटरको मूल्य वढ्ने, यस्तो छ नयाँ मूल्य

काठमाडौं– फागुन १ गतेवाट लागु हुनेगरी भेष्पा तथा अप्रिलिया स्कुटरको मूल्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...