नेपालमै पहिलो इलेक्ट्रिक एम्बुलेन्स, बीवाईडी एम्बुलेन्स किस्ट हस्पिटललाई हस्तान्तरण

काठमाडौं – नेपालमै पहिलो पटक इलेक्ट्रिक एम्बुलेन्सको प्रयोग प्रारम्भ भएको छ । किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले चीनको प्रसिद्ध कम्पनी बीवाईडी अटो कम्पनीद्वारा उत्पादित एम्बुलेन्स प्रयोग प्रारम्भ गरेको छ ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी टी३ गत मंगलबार ग्वार्कोस्थित किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलको प्रांगणमा सो एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

सो अवसरमा किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका चिफ अफ अपरेसन एन्ड म्यानेजमेन्ट अमिश पाठकले इलेक्ट्रिक मोबिलिटीको प्रयोगबाट हस्पिटलले समाज र वातावरणप्रति जिम्मेवार हस्पिटलको पहिचान कायम गरेको बताए । फुल ग्रेडेड एम्बुलेन्सका लागि आवश्यक भेन्टिलेटर र अन्य सबै आवश्यक उपकरणद्वारा सुसज्जित एम्बुलेन्सको प्रयोग भविष्यमा इमर्जेन्सी र अन्य सबै विभागहरुमा समेत गर्दै जाने उनले बताए ।

साइमेक्स इंकका म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले नेपालमै पहिलो पटक फुल्ली इलेक्ट्रिक एम्बुलेन्सको रुपमा बीवाईडीको उत्पादन हस्पिटललाई उपलब्ध गराउन पाउदा खुसी लागेको बताउदै बीवाईडीको उत्पादनप्रति विश्वास गरेकोमा धन्यवाद ज्ञापन गरिन् । विश्वमै शून्य उत्सर्जन प्रविधिको विस्तारमा लागेको बीवाईडीमार्फत नेपाली स्वास्थ्य क्षेत्रमा योगदान गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् ।

साइमेक्स इंकले नेपालमै पहिलो पटक स्वास्थ्य क्षेत्रमा इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउन पाएको अवसरमा किस्ट हस्पिटललाई सहुलियत दरमा सो एम्बुलेन्स उपलब्ध गराएको बताएको छ ।

बीवाईडी टी३ भ्यान इलेक्ट्रिक एम्बुलेन्सको रुपमा प्रयोग हुन थालेको हो । यसमा ५०.३ किलोवाट आवरको ब्याट्री उपलब्ध छ, जसलाई सिंगल चार्जमा दिनभर चलाउन सकिन्छ । यसले सिंगल चार्जमा ३१० किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी यसको पछिल्लो भागमा ३ हजार ८ सय लिटरको कार्गो स्पेस छ । यसले ८ सय किलोग्राम सम्मको लोड बोक्न सक्छ ।

कोभिड–१९ संक्रमणको अवस्थालाई समेत मध्यनजर गरी सो इलेक्ट्रिक एम्बुलेन्स डिजाइन गरिएको छ । त्यसैले यो अक्सिजन ट्यांक, भेन्टिलेटर, ईसीजी मोनिटर र कोल्याप्सिबल स्ट्रेचरले सुसज्जित छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार निसान लिफ वारे १० तथ्य

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार निसान लिफ वारे १० तथ्य

नेपाली बजारमा निसान लिफ इलेक्ट्रिक कार भित्रिएको केही महिना मात्र भएको छ ।...

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स...

१ लाख ग्राहकमा गरिएको सर्बेक्षणले ईभीबारे निकाल्यो यस्तो निष्कर्ष

१ लाख ग्राहकमा गरिएको सर्बेक्षणले ईभीबारे निकाल्यो यस्तो निष्कर्ष

जेडी पावरले ईभीमा हालै गरेको गुणस्तर सर्बेक्षणको निष्कर्ष सार्बजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...