भारतमा ७५ वर्ष पुरा भएको अवसरमा आयो भेस्पाको यस्तो विशेष स्कुटर
पियाजियोले भारतमा ७५ वर्ष पुरा गरेको अवसरमा भेस्पा ७५औं एनिभर्सरी एडिसन...
भारतमा निर्मित ओकिनावा ब्रान्डको इलेक्ट्रिक स्कुटरले बलियो, मजबुत र उच्चतम माइलेज दिने स्कुटरका रुपमा आफूलाई स्थापित गराउँदै लगेको छ । नेपालका लागि आधिकारिक बितरक बिक्की इन्टरप्राइजेजले नेपालको पहाड र तराई दुबै भेगमा चलाउन मिल्ने भिन्न बिशेषता सहित यी स्कुटर आयत गरी कारोबार गर्दै आइरहेको छ । जसमध्ये काठमाडौको शोरुममा यसको आई–प्रेज प्लस, प्रेज प्रो र रिज प्लस गरी तीन भिन्न मोडलका स्कुटर उपलब्ध छन् । यी मध्ये आई–प्रेज प्लसलाई कम्पनीले प्रिमियम स्कुटर भनेको छ भने अन्य २ मोडल औषत रेन्जका हुन् । यी स्कुटरको मूल्य क्रमश ३ लाख ४० हजार, २ लाख ६० हजार र २ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
प्रिमियम मोडलका रुपमा लिइएको यसको आई–प्रेज प्लसमा १ हजार वाट क्षमताको मोटर जडान गरिएको छ । ३.३ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक जडान गरिएको यो स्कुटरलाई एकपटक फूल चार्ज गर्दा १६० किलोमिटर सम्म कुदाउन सकिन्छ । इको, स्पोर्ट र टर्बो मोड उपलब्ध गराइएको यो स्कुटरलाई टर्बो मोडमा चलाउँदा ७० किलोमिटर प्रतिघन्टाको गतिमा हाक्न सकिन्छ । अगाडी र पछाडी दुबै चक्कामा डिस्क ब्रेक दिइएको आई–प्रेज प्लसमा इलेक्ट्रोनिक– एसिस्टेड ब्रेकिङ सिस्टम समेत दिइएको छ । अगाडी हाइड्रोलिक टेलिस्कोपिक र पछाडी डबल शक सस्पेन्सन जडान गरिएको यो स्कुटरको ग्राउन्ड क्लिरियन्स १७५ एमएम रहेको छ ।
यो स्कुटरमा कम्पनीले एन्टि थेप्ट अलार्म सहितको सेन्ट्रल लकिङ, किलेस इन्ट्रि, फाइन्ड माई स्कुटर फंक्सन, मोबाइल चार्जिङ युएसबी पोर्ट, मोटर वाकिङ एसिस्टेन्स, इमोबिलाइजेसन, सेक्योर पार्किङ, ट्रयाकिङ एन्ड मोनिटरिङ, मेन्टिनेन्स÷इन्सुरेन्स रिमाइन्डर, ब्याट्री इन्फो, स्पिड अलर्ट र ड्राइभ स्कोर लगयात आधुनिक फिचर्स उपलब्ध गराएको छ ।
त्यसैगरी १ हजार वाट क्षमताको मोटर जडान गरिएका अर्को इलेक्ट्रिक स्कुटर प्रेज प्रोमा २ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गर्दा ११० किलोमिटरसम्म कुदाउन सकिन्छ । आई–प्रेज प्लसमा जस्तौ यसमा पनि इको, स्पोर्ट र टर्बो मोड उपलब्ध गराइएको यो स्कुटरलाई पनि टर्बो मोडमा चलाउँदा ७० किलोमिटर प्रतिघन्टाको गतिमा हाक्न सकिन्छ । ब्रेकिङ सिस्टम, सस्पेन्सन र अन्य फिचर्स आई–प्रेज प्लस सरहनै रहेको छ ।
सानो र सस्तो मूल्यको रिज प्लसमा भने ८ सय वाट क्षमताको मोटर जडान गरिएको छ । यो स्कुटरमा १.७५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गर्दा १०० किलोमिटरसम्म कुदाउन सकिने दाबी गरिएको छ । दुबै चक्कामा ड्रम ब्रेक जडान गरिएको यो स्कुटरमा समेत यसअघिका २ वटा मोडल आई–प्रेज प्लस र प्रेज प्रोमा उपललब्ध फिचर्सलाई समाबेश गरिएको छ ।
पियाजियोले भारतमा ७५ वर्ष पुरा गरेको अवसरमा भेस्पा ७५औं एनिभर्सरी एडिसन...
इटालियन टु ह्विलर ब्रान्ड भेस्पा रेट्रो क्लासिक डिजाइनका स्कुटरको...
टु ह्विल निर्माता कम्पनी पियाजियोले हालै नयाँ स्कुटर भेस्पा जीटीभी स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...