बनेपामा ‘रेस वार्स २०२६’ हुँदै, ५० भन्दा बढी रेसर प्रतिस्पर्धामा उत्रिने
काठमाडौं- नेपालको सबैभन्दा ठूलो रेसिङ कार्यक्रमका रूपमा चिनिने ‘रेस वार्स...
काठमाडौं – काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा अटोमोबाइल, इलेक्ट्रोनिक्स, इन्डष्ट्रियल र मेकानिकल अध्ययनरत विद्यार्थीहरुको टिम ‘न्यापोलो’ ले भारतमा हुने प्रतिस्पर्धामा भाग लिनका लागि अफरोड इलेक्ट्रिक भेइकलको प्रोटोटाइप डिजाइन गरेका छन् ।
गत अगस्त ७ मा भएको प्रारम्भिक चरणमार्फत छनोट भइसकेको टिमले आगामी डिसेम्बर १२ मा हुने भर्चुअल राउन्डमा सहभागिता जनाउने छन् । त्यसपछि उनीहरु अन्य राउन्डमा समेत क्रमशः सहभागी हुने छन् ।
सोसाइटी अफ अटोमोटिभ इन्जिनियरिङ (एसएई) ले आयोजना गर्ने ‘बाहा एसएई’ नामक प्रतिस्पर्धामा अमेरिका, बेलायत र भारतका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले आफ्ना नवीन आइडिया र डिजाइनमार्फत प्रतिस्पर्धा गर्छन् ।
टिम न्यापोलोले डिजाइन गरेको सो अल टेरेन भेइकल (एटीभी) सामान्य रोडका साथै अफरोड र अन्य जस्तोसुकै सडकमा पनि जान सक्छ । यो धुलो, माटो, हिउँ, हिलो र अन्य सडकमा पनि सहज तरिकाले गुड्न सक्छ ।
हाल नेपाली बजारमा राम्रो सडकमा मात्र गुड्ने इलेक्ट्रिक भेइकल उपलब्ध भइरहेको समयमा नेपाली विद्यार्थीहरुले डिजाइन गरेको सो अल टेरेन भेइकल एउटा नयाँ उपलब्धि हुन सक्छ ।

सो एटीभीमा १०० एम्पियर आवर क्षमताको ब्याट्री प्रयोग गरिन्छ । त्यसैगरी ९ किलोवाटको पिक पावर दिने मोटर प्रयोग हुन्छ । ब्याट्रीलाई १२ सय वाटको चार्जरले ६ घण्टा भन्दा कम समयमै फुल चार्ज गर्न सकिन्छ । सिंगल चार्जमा यसले ६२ देखि ७० किलोमिटर सम्मको दूरी पार गर्ने बताइएको छ ।
प्रतिघण्टा ५० किलोमिटर र सो भन्दा बढीको गतिमा गुड्न सक्ने र ३५० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स भएको यो गाडीमा सुरक्षा र सहजताका लागि एक्स–स्प्लिट ब्रेकिङ सिस्टम, एड्जस्टेबल सिट, न्युमेटिक सक एब्जर्बर आदिको प्रयोग गरिएको छ ।
नेपाल कृषि प्रधान देश भएकाले कृषि कार्यमा समेत यसको प्रयोग गर्न सकिन्छ । त्यसैगरी पर्यटकीय क्षेत्रमा र अन्य यातायात प्रयोजनका लागि पनि प्रयोग गर्न सकिन्छ । त्यसैगरी हिमाली क्षेत्रका सडकमा हिउँ सफा गर्न समेत यसको प्रयोग गर्न सकिन्छ ।
आफूहरुले गाडीको प्रोटोटाइप तयार गरेको र भारतमा हुने प्रतिस्पर्धामा सहभागी हुनका लागि हाल प्रायोजकको खोजी भइरहेको टिम क्याप्टेन राजीवकुमार साहले बताए । प्रतिस्पर्धामा सहभागी हुन र प्रोजेक्ट सम्पन्न गर्नका लागि करिव १८ लाख रुपैयाँ लागत अनुमान गरिएको र यसका लागि सबैको सहयोगको अपेक्षा गरेको सचिव सविन कटुवालले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...