जोङसेन बाइकले शुरु गर्यो पूर्बका सहरमा टेष्ट राइड कार्यक्रम

नेपाली बजारमा हालसालै भित्रिएको टु ह्विलर ब्रान्ड जोङसेनले पूर्बका बिभिन्न शहरहरुमा टेष्ट राइड कार्यक्रमको आयोजना गरेको छ । धरानमा हिजोदेखी शुरु भएको यो कार्यक्रम दमक र बिर्तामोडमा समेत अयोजना गरिने आधिकारिक बितरक रिजोन मोटर्सका प्रबन्ध निर्देशक खगेन्द्र बस्नेतले बताए । उनका अनुसार धरानको कार्यक्रमा आज सकिएपछि दमकमा १३ र १४ गते तथा बिर्तामोडमा १६ र १७ गते आयोजना गर्न लागिएको हो । टेष्ट राइड सम्पन्न गरेपछि यी स्थानमा शोरुम समेत बिस्तार गर्ने आफूहरुको योजना रहेको उनले बताए ।

जोङसेनको हाल काठमाडौं र सुर्खेतमा शोरुम स्थापना भैसकेको छ । निकट भबिष्यमै देशका अन्य स्थानहरुमा समेत शोरुम बिस्तार गर्ने योजना अनुसार पहिलो चरणमा देशब्यापी टेस्ट राइड कार्यक्रम आयोजना गरिएको हो । पहिलो चरणमा २ वटा मोटरसाइकल र एउटा स्कुटर भित्राएर औपचारिक बिक्री शुरु गरेको कम्पनीले निकट भबिष्यमा थप मोडलका मोटरसाइकल र स्कुटर समेत अयात गर्ने योजना बनाएको छ । बजारमा हाल यसको आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी६ स्कुटर उपलब्ध रहँदै आएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ ।

मोटरसाइकल र स्कुटरको बिक्री संगसंगै मर्मत सम्भारका लागि आवश्यक सर्भिस सेन्टर र स्पेयर पार्टसको समेत उचित प्रबन्ध मिलाइएको कम्पनीले दाबी गरेको छ । साथै टु ह्विलरमा नेपालमै पहिलो पटक जोङसेन बाइकमा आफूहरुले ७ वर्ष सम्मको इन्जिन वारेन्टी शुरु गरेको बस्नेतको भनाई छ ।

सम्बन्धित समाचारहरू

बेनेलीको चाडपर्व अफर : दुई पटक सम्म १ लाख जित्ने अवसर

बेनेलीको चाडपर्व अफर : दुई पटक सम्म १ लाख जित्ने अवसर

काठमाडौं – नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम...

बेनेली मोटरसाइकल तथा स्कुटरको खरिदमा २५ हजार नगद छुट

बेनेली मोटरसाइकल तथा स्कुटरको खरिदमा २५ हजार नगद छुट

वेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेश्नल...

ब्याज नलाग्ने स्किममा बेनेली बाइक, १ लाखसम्म नगद छुट पनि

ब्याज नलाग्ने स्किममा बेनेली बाइक, १ लाखसम्म नगद छुट पनि

बेनेली बाइकको नेपालका लागि अधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ्गले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...