जनवरी २०२२ मा नयाँ स्कोडा कोडियाक लन्च हुने

स्कोडाले आगामी जनवरी २०२२ मा अपडेटेड कोडियाक ७ सिटर एसयूभी लन्च गर्ने तयारी गरेको छ । यसको जानकारी स्कोडा इन्डियाका निर्देशक ज्याक होलिसले दिएका छन् । नयाँ कोडियाकमा नयाँ टेक्नोलोजी र अपडेट स्टाइल समावेश गरिएको छ ।

लुक र डिजाइन
सो एसयूभीमा कैयौ कस्मेटिक परिवर्तन गरिएको छ । नयाँ कोडियाक फेसलिफ्टमा नयाँ डिजाइन गरिएको फ्रन्ट ग्रिल, अपडेटेड एलईडी म्याट्रिक्स हेडल्याम्प, नयाँ फ्रन्ट र रियर बम्पर तथा पहिलाको भन्दा आकर्षक बोनट समावेश गरिएको छ । साथै नयाँ डिजाइन गरिएको अलोय ह्वील र टेलल्याम्प छ । जबकी इन्टेरियर डिजाइनमा खासै परिवर्तन गरिएको छैन ।

फिचर
एसयूभीमा इलेक्ट्रिकल एडजस्टेबल लेदर एर्गोनोमिक्सका साथै नयाँ डिजाइनको सिट उपलब्ध छ । नयाँ २०२२ स्कोडा कोडियाकमा १०.२५ इन्चको भर्चुअल ककपिट डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १० स्पिकर क्यान्टन साउन्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एम्बियन्ट लाइटिङ उपलब्ध छ । टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम ९.२ इन्चमा उपलब्ध छ ।

इन्जिन र पावर
नयाँ स्कोडा कोडियाकमा नयाँ २.० लिटर टर्बाे पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले १९० पीएसको पावर र ३२० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ७ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्स छ र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । सो एसयूभीमा डिजेल इन्जिनको विकल्प छैन ।

सम्बन्धित समाचारहरू

चांगनका गाडी किन्दा २ लाख ५० हजार सम्म छुट, एक्सचेन्ज गर्दा १ लाख सम्म टपअप

चांगनका गाडी किन्दा २ लाख ५० हजार सम्म छुट, एक्सचेन्ज गर्दा १ लाख सम्म टपअप

काठमाडौं – नेपालका लागि चांगन अटोको आधिकारिक वितरक एमएडब्लु वृद्धि...

यस्ता आकर्षक फिचर सहित स्कोडा कुशाक लन्चिङको लागि तयारी

यस्ता आकर्षक फिचर सहित स्कोडा कुशाक लन्चिङको लागि तयारी

स्कोडा अटो इन्डिया भारतमा नयाँ स्कोडा कुशाक लन्च गर्ने तयारी अवस्थामा...

चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन अटो काठमाडौंमा आधुनिक शोरुमका साथ आउँदै

चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन अटो काठमाडौंमा आधुनिक शोरुमका साथ आउँदै

काठमाडौं – अटोमोबाइलको दुनियामा एक अग्रणी ब्रान्ड चांगन अटो काठमाडौंमा एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...