चितवनमा स्काईवेलको डिलर बन्यो एच३आर मोटर्स, टेस्ट ड्राइभ र बुकिङ प्रारम्भ
चितवन – नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिको...
जर्मनीको बजारमा लन्च भएको करिव ६ महिनामै हुन्डाई आयोनिक ५ ले २०२२ को ‘जर्मन कार अफ द इयर (जीकोटी) अवार्ड पाएको छ । जीकोटी अवार्डमा त्यही वर्ष लन्च भएका कम्प्याक्ट, प्रिमियम, लक्जरी, न्यु इनर्जी र पर्फमेन्स क्याटागोरीमा टप कार मोडलले प्रतिस्पर्धा गर्छन् ।
अन्तर्राष्ट्रिय रुपमा नेटवर्किङ गरिएका २० अटोमोटिभ पत्रकारहरुको समूहले गरेको परीक्षण र मूल्यांकनमार्फत पुरस्कारको निर्णय गरिन्छ । उनीहरुले ती सवारी साधनको फिचर, सान्दर्भिकता र भविष्यमा हुन सक्ने प्राप्यता वारेमा अध्ययन गर्छन् । आयोनिक ५ ले न्यु इनर्जी क्याटागोरीमा सो पुरस्कार पाएको हो ।
निर्णायक मध्येका एक सदस्य जिन्स मेनर्सले हुन्डाई आयोनिक ५ एउटा इलेक्ट्रिक कार मात्र नभएर यो वर्षकै टप मोडल भएको बताए । उनका अनुसार डिजाइन, एफिसियन्सी र ड्राइभिङ प्लेजरका कारण यसले औसत भन्दा बढी स्कोर पाएको र कुनै पनि कमजोरी नदेखिएको बताए ।
हुन्डाई आयोनिक ५ इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्म (ई–जीएमपी) मा बनाइएको इलेक्ट्रिक कार हो । यो ५८ र ७२.६ किलोवाट आवर गरी दुई ब्याट्री प्याक अप्सन तथा अल ह्विल र रियर ह्विल ड्राइभमा उपलब्ध हुन्छ । रियर ह्विल ड्राइभ र ७२.६ किलोवाट आवर भर्सनले सिंगल चार्जमा ४८१ किलोमिटर रेन्ज दिन्छ । दुवै ब्याट्री प्याक अप्सनलाई १८ मिनेटमै १० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
यसका साथै अन्य विभिन्न फिचर उपलब्ध भएको हुन्डाई आयोनिक ५ नेपाली बजारमा समेत छिट्टै नै उपलब्ध हुने तयारी भइरहेको बताइएको छ ।
चितवन – नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिको...
टाटा मोटर्सले हालै भारतीय बजारमा सार्वजनिक गरेको इलेक्ट्रिक कार टियागो...
काठमाडौं – नेपालमा नयाँ ईभी नामी ०६ उपलब्ध भएकाे छ । साे ईभी हाल विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...