महानायक राजेश हमाल अब जिपलाइफमा, किने जिप कम्पास

काठमाडौं – महानायक राजेश हमाल नयाँ जिप कम्पासको साथमा जिपलाइफमा प्रवेश गरेका छन् । महानायक हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको डेलिभरी लिएका छन् ।

‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नायक हमालले तीन दशकको अवधिमा दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनी नेपाली चलचित्र जगतका सबैभन्दा प्रभावशाली व्यक्तित्व हुन् ।

‘मैले युवा अवस्थादेखि नै जिपको बारेमा सुन्दै आएको थिए । सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएको थिए । म जिपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने, ‘म खुशी छु कि आज मैले जिप किनेँ ।’

केही महिनाअघि नयाँ जिप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयूभी सेग्मेन्टमा जिपको विक्री उल्लेखनीय रुपमा बढिरहेको छ । यो सकारात्मक गति यो आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा जिपको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु लाइफले गरेको बताएको छ ।

‘जिपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछानेले भने, ‘नेपाली बजारले नयाँ जिप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौं ।’

नयाँ कम्पासमा जिपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरुको लामो सूची छ । र सबैभन्दा महत्वपूर्ण कुरा कम्पासमा जिपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ जसले चालकलाई जहाँसुकै गरेर जेसुकै गर्ने (गो एनिह्वेर, डु एनिथिङ) गर्न मद्दत गर्छ ।

नेपालमा नयाँ जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

सम्बन्धित समाचारहरू

चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन अटो काठमाडौंमा आधुनिक शोरुमका साथ आउँदै

चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन अटो काठमाडौंमा आधुनिक शोरुमका साथ आउँदै

काठमाडौं – अटोमोबाइलको दुनियामा एक अग्रणी ब्रान्ड चांगन अटो काठमाडौंमा एक...

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडा स्लाभिया सेडान भारतमा वर्ल्ड प्रिमियर गरिएको छ । हाल बजारमा उपलब्ध...

१० लाख डाउन पेमेन्टमा स्कोडा कुशाक, ७० प्रतिशत सम्म फाइनान्स अफर

१० लाख डाउन पेमेन्टमा स्कोडा कुशाक, ७० प्रतिशत सम्म फाइनान्स अफर

काठमाडौं – नेपाली बजारमा उपलब्ध स्कोडाको लोकप्रिय एसयूभी कुशाक १० लाख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...