सागरले बनाए विद्युतीय मोटरसाइकल, विद्यालयले दियो पुरस्कार

काठमाडौं – अर्घाखाँचीका सागर पोखरेलले ब्याक गियरसहितको विद्युतीय मोटरसाइकल बनाएका छन् । नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा कक्षा १२ मा सिभिल इन्जिनियरिङ पढिरहेका पोखरेलले बनाएको विद्युतीय मोटरसाइकलले हाल निकै नै चर्चा पाएको छ ।

यसै अवसरमा उनी अध्ययनरत विद्यालयले एक कार्यक्रमका बीच ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।

हजुरबुबा मोतिलाल, बुबा अनन्तमणि, आफ्नो नाम सागर र आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट मोटरसाइकलको नाम एमएएसबी राखेको पोखरेलले बताए। ब्याट्री लिड एसिड प्रयोग भएको मोटरसाइकलमा करीब ४८ भोल्ट डिसी पावर छ।

मोटरसाइकल हाल १०० किलोमिटरसम्म दूरी हिँड्न सक्छ भने पिकअप ४० किलोमिटर प्रतिघण्टा रहेको दाबी पोखरेलको छ। यसअघि रोबर्ट, एक्साभेटर, फ्रिज, फोटोकपी मेसिनहरु समेत बनाएका पोखरेलले विभिन्न मोटरसाइकलका हेडलाइट, टेललाइट, स्प्रिङ तथा ७५० वाटको इलेक्ट्रिक मोटर प्रयोग गरेर उक्त मोटरसाइकल बनाएका हुन्।

सम्बन्धित समाचारहरू

रातको यात्रामा ड्राइभिङ गर्दा हाइ बिम र लो बिमको समन्वय गरौ यसरी

रातको यात्रामा ड्राइभिङ गर्दा हाइ बिम र लो बिमको समन्वय गरौ यसरी

भीडभाडको सडक तथा राजमार्गमा रातको समयमा ड्राइभिङ गर्दा केहि नियमहरु...

अब बागलुङ- पोखरा विद्युतीय माइक्रोबस

अब बागलुङ- पोखरा विद्युतीय माइक्रोबस

बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ ।...

इलेक्ट्रिक कार सडकमा चल्दै गर्दा चार्ज हुने प्रविधिको विकास

इलेक्ट्रिक कार सडकमा चल्दै गर्दा चार्ज हुने प्रविधिको विकास

कर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको सडकमा गुड्ने क्रममा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...