नेक्सन ईभी लिन अझै करिव ६ महिना पर्खिनु पर्ने, पहिलो १०० ग्राहकले पाए पुरानै मूल्यमा गाडी

काठमाडौं – नेपाली बजारमा टाटाको इलेक्ट्रिक कार नेक्सन ईभी बिक्री–वितरण गरिरहेको सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकलाई आवश्यक संख्यामा गाडी डेलिभरी गर्न सकेको छैन । धेरै ग्राहकको माग भए तापनि अहिलेको अवस्थामा यो गाडी लिनका लागि ग्राहकले अझै करिव ६ महिना भन्दा बढी नै कुर्नु पर्ने कम्पनी स्रोतले जनाएको छ ।

सिप्रदी ट्रेडिङले सुरुवाती मूल्यमा १०० ग्राहकलाई गाडी डेलिभरी समेत गरिसकेको छ । अक्टोबर ४ अर्थात असोज १८ सम्म बुकिङ गरेका ग्राहकले पुरानै मूल्यमा गाडी पाए भने त्यसपछि सबै भेरिएन्टमा १ लाख रुपैयाँ मूल्य समेत बढेको छ ।

हाल टाटा नेक्सन ईभी एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ३६ लाख ९९ हजार, ३८ लाख ९९ हजार र ४० लाख ९९ हजार रुपैयाँ छ ।

पछिल्लो समयमा नेपाली बजारमा पहिले भन्दा अलि धेरै गाडी आयात भइरहेको र अब विस्तारै ग्राहकले गाडी डेलिभरीका लागि पर्खिने समय अर्थात वेटिङ पिरियड पनि कम हुँदै जाने विश्वास गरिएको कम्पनीको भनाइ छ ।

सब कम्प्याक्ट एसयूभी नेक्सन ईभीको सबैभन्दा आकर्षक फिचर भनेको यसको २०५ एमएमको उच्चतम ग्राउन्ड क्लियरेन्स हो । जुन नेपाली सडकका लागि उपयुक्त छ । त्यसैगरी यसमा टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने विशेषताका कारण समेत यो एसयूभीको चर्चा चुलिंदो छ ।

अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन ईभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवं आरामदायी तवरले यात्रा गर्न सकिन्छ । त्यसैगरि लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

मनाङमा लन्च गरियाे म्याक्सस ईटेराेन ९, मूल्य र फिचर यस्ताे

मनाङमा लन्च गरियाे म्याक्सस ईटेराेन ९, मूल्य र फिचर यस्ताे

मनाङ – म्याक्सस ईटेराेन ९ इलेक्ट्रिक पिकअप मनाङमा लन्च गरिएको छ ।...

३० युनिट ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, यस्तो छ मुल्य र विशेषता

३० युनिट ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, यस्तो छ मुल्य र विशेषता

काठमाडौं–केईले नेपाल ल्याएको नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण...

२० लाख भन्दा कम मूल्यमै जिनपेङको स्मार्ट सिटी कार, नाडा अटो शोमा सोकेस गरिने

२० लाख भन्दा कम मूल्यमै जिनपेङको स्मार्ट सिटी कार, नाडा अटो शोमा सोकेस गरिने

काठमाडौं–नाडा अटो शो २०२५ मा जिनपेङको सानो र स्मार्ट कार प्रदर्शनी हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...