मेट्रो अनलाइन ट्याक्सीद्वारा ट्याक्सी चालकहरुको लागि निःशुल्क दन्त शिविर

काठमाडौं – काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्य सुबिधालाई ध्यान राख्दै मेट्रो अनलाइन ट्याक्सीले ललितपुरको जावलाखेलमा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ ।

कम्पनीले हाम्रो डेन्टल क्लिनिकको सहयोगमा शनिवार दन्त शिविर आयोजना गरेको हो । सो दन्त शिविरमा १०० भन्दा धेरै ट्याक्सी चालकहरुको दन्त परिक्षण गरिएको थियो।

मेट्रो अनलाइन ट्याक्सीले आफ्नो एपमा आबद्ध भएका चालकहरुलाई सुबिधा दिने उद्देश्यले विभिन्न सामाजिक कार्यहरु गर्दै आएकोमा हाल दन्त शिविर संचालन गरेको बताएको छ ।

मेट्रो अनलाइन ट्याक्सीका बजार व्यबस्थापन प्रमुख सुर्य तामाङ्गले पहिलो पटक दन्त शिविर सञ्चालन गरिएको जानकारी दिँदै यसलाई आगामी दिनमा मासिक रुपमा उपत्यकाभर शिविर सञ्चालन गरिने जानकारी दिए।

सो शिविरमा चालकहरुलाई दन्त सुरक्षाको बारेमा परामर्श दिनुका साथै आवश्यक सामग्रीहरु समेत निःशुल्क प्रदान गरिएको थियो।

सो अवसरमा हाम्रो डेन्टल क्लिनिकका संचालक डा.सरोज घिमिरेको नेतृत्वमा ६ जना स्वास्थ्य प्राविधिकहरुले परीक्षण तथा सेवा प्रदान गरेका थिए।

मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा प्रदान गरिरहेको छ। यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेकोछ।
मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु समावेश छन् जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको बताइएको छ।

सम्बन्धित समाचारहरू

सुरुङमार्ग निर्माणमा खटिएका १६ कामदारमा कोरोना संक्रमण, यस्तो छ सुरुङको प्रगति

सुरुङमार्ग निर्माणमा खटिएका १६ कामदारमा कोरोना संक्रमण, यस्तो छ सुरुङको प्रगति

 नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणमा खटिएका १६ जना कामदारमा कोरोना...

नेपाल र भारत अव सबै किसिमका सामान रेलबाट ढुवानी गर्न सहमत

नेपाल र भारत अव सबै किसिमका सामान रेलबाट ढुवानी गर्न सहमत

काठमाडौं–नेपाल र भारतका अधिकारीहरू दुई देशबीच विद्यमान पारवहन सन्धिको...

ग्वार्को ओभरपास प्रयोग गर्दा र तस्बिर, भिडियो लिदा यसरी अपनाऔं सावधानी

ग्वार्को ओभरपास प्रयोग गर्दा र तस्बिर, भिडियो लिदा यसरी अपनाऔं सावधानी

गत असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट समुदघाटन भई सञ्चालनमा रहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...