होन्डा नाभी : अमेरिकी बजारबाट भयो पुनरागमन

भारतीय वा नेपाली बजारमा खासै सफल नमानिएको फरक डिजाइनको होन्डा नाभी अमेरिकी बजारमा लन्च भएको छ । होन्डा एक्टिभा स्कुटरको प्लेटफर्ममा आधारित होन्डा नाभी स्कुटर हो कि बाइक भन्नेमा कम्पनी नै स्पष्ट थिएन । कसैले यसलाई स्कुटर भन्छन् भने कसैले बाइक ।

वास्तबमा बिगिनर–फ्रेन्ड्ली र पिन्ट–साइज्ड मानिएको होन्डा नाभीको तुलनात्मक रुपमा थोरै मूल्य र डिजाइनका कारणले युवा राइडरले मन पराउने विश्वास होन्डाको थियो । तर अपेक्षित मात्रामा यसले बजार लिन सकेन र भारतमा यसको उत्पादन नै बन्द गरियो ।

नेपाली बजारमा पनि यसले राम्रो बजार लिन सकेन । यद्यपि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले अहिले पनि यसलाई मूल्य सूचीमा सामेल गरिरहेको छ । यसको मूल्य १ लाख ६० हजार ९ सय रुपैयाँ मात्र छ ।

अमेरिकामा लन्च गरिएको होन्डा नाभीमा पनि त्यही बीएस३ मोडल उपलब्ध गराइएको छ, जुन कार्बुरेटर इन्जिनसहित छ । यसमा भएको ११० सीसी इन्जिनले उही ८ पीएस पावर र ९ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ ।

अमेरिकी बजारमा होन्डा नाभीको मूल्य १ हजार ८०७ डलर अर्थात करिब २ लाख रुपैयाँ भन्दा बढी नै तोकिएको छ । ३.८ लिटरको इन्धन ट्यांकी र १५६ एमएमको ग्राउन्ड क्लियरेन्स भएको होन्डा नाभीले अमेरिकी बजारमा कस्तो प्रतिक्रिया पाउला ? होन्डाले अमेरिका लगायतका विभिन्न अन्तर्राष्ट्रिय बजारमा यस्ता मंकी बाइक पहिले देखि नै बिक्री गरिरहेकाले पनि यसले राम्रो बजार लिने अपेक्षा भने गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यामाहा, टीभीएस र होन्डाका बीएस६ मोटरसाइकल स्कुटर, यस्तो छ बीएस४ र बीएस६ मूल्य अन्तर

यामाहा, टीभीएस र होन्डाका बीएस६ मोटरसाइकल स्कुटर, यस्तो छ बीएस४ र बीएस६ मूल्य अन्तर

भारतमा डेढ बर्षअघि नै बीएस६ मापदण्डलाई अनिवार्य गरिएपनि नेपालमा भने बीएस४...

माइलेज ७०, वारेन्टी १० वर्ष

माइलेज ७०, वारेन्टी १० वर्ष

भारतमा हालै सार्वजनिक गरिएको होन्डाको नयाँ मोटरसाइकल साइन १०० चर्चित...

होन्डाले सार्वजनिक गर्‍यो नयाँ ‘एच’ लोगो, २०२७ पछि आउने ईभी र हाइब्रिड मोडलमा प्रयोग हुने

होन्डाले सार्वजनिक गर्‍यो नयाँ ‘एच’ लोगो, २०२७ पछि आउने ईभी र हाइब्रिड मोडलमा प्रयोग हुने

जापानी अटोमोबाइल निर्माता कम्पनी होन्डाले आफ्नो अटोमोबाइल व्यवसायको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...