नयाँ र पुरानो बोलेनोमा यस्तो छ भिन्नता
मारुती सुजुकीको प्रिमियम ह्याचब्याक बोलेनो नयाँ अबतार सहित बजारमा आउने...
मारुती सुजुकीले चाँडै नयाँ पुस्ताको लक्जरी ह्याचब्याक एस–क्रस भारतीय बजारमा लन्च गर्न लागेको छ । रिपोर्टका अनुसार यसलाई नोभेम्बर २५ मा विश्वव्यापी रूपमा लन्च गर्नेछ । नयाँ एस–क्रसको एक्सटिरियरमा धेरै परिवर्तन गरिएको छ । यसको परीक्षणका केही तस्बिर पनि बाहिर आएको छ । कारको फ्रन्टको ग्रिल र हेडलाइट पूर्ण रूपमा परिवर्तन गरिएको छ ।
एस–क्रसको फोटोका अनुसार यसमा अंग्रेजी अक्षरको भी आकारको ग्रिल हुनेछ । जबकि हालको मोडेलमा हल्का ओभल ग्रिल उपलब्ध छ । ग्रिलको साइज सानो राखेर हेडलाइटलाई हाइलाइट गरिएको छ । कारमा ठूलो डीआरएलको साथ एलईडी लाइट उपलब्ध हुनेछ । साथै यसको फग लाइट पनि पूर्ण रूपमा परिवर्तन गरिएको छ । हालको मोडलको तुलनामा यसमा डुअल एलईडी फग ल्याम्प उपलब्ध हुनेछ । कारको फ्रन्ट डिजाइन क्रेटा जस्तो देखिन्छ ।
नयाँ सुजुकी एस क्रसमा अपडेट १.४ लिटर बुस्टरजेट पेट्रोल इन्जिन माइल्ड हाइब्रिड टेक्नोलोजी हुने अपेक्षा गरिएको छ । जसले १०४ बीएचपीको पावर र १३८ एनएमको टर्क जेनेरेट गर्छ । इन्जिनलाई ५ स्पिड म्यानुअल र ४ स्पिड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ । कारमा ६ स्पिड अटोमेटिक गियरबक्स उपलब्ध हुने अनुमान गरिएको छ ।
कारमा धेरै फिचर पेश गरिएको छ । यसमा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टमको साथै रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, स्टार्टर जेनेरेटर, टर्क असिस्ट फंक्शनलगायत कैयौ मेकानिकल फिचर समावेश गरिएको छ । हालको मोडलको तुलनामा यसमा प्रिमियम अपहोल्स्ट्री र ठूलो आकारको एड्भान्स टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलबध रहेको छ ।
मारुती सुजुकीको प्रिमियम ह्याचब्याक बोलेनो नयाँ अबतार सहित बजारमा आउने...
केही दिन पहिले मारुती सुजुकीको नयाँ एमपीभीको नाम ‘इंगेज’ राखिने समाचार...
मारुती सुजुकी इन्डिया इलेक्ट्रिक भेइकल सेगमेन्टमा प्रवेश गर्ने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...