स्पोर्टी लुक र नयाँ फिचर सहित नयाँ अप्रिलिया एसआर १६० लन्च हुने

अप्रिलियाको नयाँ एसआर १६० स्कुटर भारतीय बजारमा लन्च हुँदैछ । कम्पनीले हालै आफ्नो आधिकारिक सोसल मिडियामा नयाँ स्कुटरको टिजर सार्वजनिक गरेको छ । यस स्कुटरको बुकिङ अनलाइन र डिलरसिपमा गर्न सकिन्छ । जानकारीका अनुसार लन्चपछि कम्पनीले नोभेम्बरको अन्तिम दिनमा उक्त स्कुटरको डेलिभरी सुरु गर्नेछ ।

रिपोर्ट अनुसार कम्पनीले नयाँ मोडलको डिजाइन र फिचर अपडेट गरेको छ । स्कुटरको फ्रन्ट लुक थप आक्रामक र स्लिम बनाइएको छ । स्कुटरमा हेलोजन हेडलाइट युनिटको सट्टामा पुरै एलईडी युनिट जडान गरिएको छ ।

स्कुटरमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिन सक्ने अपेक्षा गरिएको छ । यसका साथै स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी फिचर पनि दिन सकिन्छ । स्कुटरमा बाइकको जस्तो स्प्लिट कुसनिङसहित समावेश गरिनेछ । ग्र्याब रेल पनि पहिले भन्दा ठूलो हुनेछ ।

नयाँ एसआर १६० को फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा स्प्रिङ लोडेड सिंगल सक एब्जर्बर समावेश गरिएको छ । साथै स्कुटरको एलोय ह्वीलमा १४ इन्चको ट्युबलेस टायर जडान गरिएको छ । सो स्कुटर रातो, सेतो, कालो, खरानी र निलो रङमा उपलब्ध हुनेछ ।

कम्पनीले स्कुटरको इन्जिन परिवर्तन गर्ने छैन । स्कुटरमा पुरानो मोडलमा जस्तै १६०.०३ सीसी बीएस६ अनुरुपको इन्जिन प्रयोग गरिनेछ । सो इन्जिनले १०.८४ बीएचपी पावर र ११.६ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

बुकिङ वेबसाइटमा स्कुटरको मूल्य १ लाख ६ हजार भारु एक्स–शोरूम मूल्य राखिएको छ । अप्रिलियाले एसआर सिरिजका अन्य स्कुटर समेत सार्वजनिक गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

भेस्पाले ल्यायो ड्रयागन एडिसन स्कुटर, मूल्य महिन्द्रा स्कर्पियो जत्तिकै हुने

भेस्पाले ल्यायो ड्रयागन एडिसन स्कुटर, मूल्य महिन्द्रा स्कर्पियो जत्तिकै हुने

भेस्पाले ड्रयागन एडिसन स्कुटर लन्च गरेको छ । यसमा ड्रयागन प्याटर्नको...

बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्दै : यस्तो छ हालको मूल्य

बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्दै : यस्तो छ हालको मूल्य

काठमाडौं – नेपाली बजारमा आगामी बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको...

अप्रिलिया स्कुटरको राइड कार्यक्रम सम्पन्न, राइडरले मन पराए स्कुटरको पर्फमेन्स

अप्रिलिया स्कुटरको राइड कार्यक्रम सम्पन्न, राइडरले मन पराए स्कुटरको पर्फमेन्स

काठमाडौं – अप्रिलिया एसआर १६० को बीएस ६ भर्सन स्कुटरको राइड कार्यक्रम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...