४३ वर्ष पुरानो मारुती ८०० ले जित्यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड, बन्यो विश्व सम्पदा सवारी
काठमाडौं–भारतको अटोमोबाइल इतिहासमा महत्वपूर्ण स्थान बनाएको मारुती ८००...
सुजुकीको इन्ट्रि लेवल ह्याचब्याक अल्टोको न्यू जेनरेसन मोडल बजारमा ल्याउने तयारी भइरहेको छ । जसलाई केही महिना पछि जापानमा लन्च गरिने छ । जापानी स्पेक मोडल भारत स्पेक मोडलभन्दा भिन्न रहेको छ । नयाँ अल्टोको बारेमा कम्पनीले आधिकारिक खुलासा गर्नु भन्दा पहिला नै न्यु जेनरेसन सुजुकी अल्टोको फोटो इन्टरनेटमा लिक भएको छ ।
रिपोर्टका अनुसार नयाँ जेनरेसन सुजुकी अल्टो जनवरी २०२२ मा लन्च गरिने छ । यद्यपि कम्पनीले यसको घोषणा गरेको छैन । यो कम्पनीको नवौं जेनेरसन अल्टो कार हो, जुन हार्टटेक प्लेटफर्ममा आधारित छ । सो प्लेटफर्म सुजुकी एस–प्रेसो र नयाँ वागनआरमा पनि प्रयोग गरिएको थियो ।
नयाँ लुक
लिक भएको फोटो अनुसार पुरानो मोडलको कार भन्दा नयाँ कारको लुक बक्सी आकार र अग्लो स्टान्स देखिएको छ । कारमा दुई ठूला हेडल्याम्पको बीचमा क्रोम बारको साथ फ्रन्ट ग्रिल जडान गरेको छ । सो ह्याचब्याक सेतो रुफसहित डुअल टोन कलरमा उपलब्ध गराइएको छ । यसमा ७ स्पोक ह्वील, ठूलो विन्डो ग्लास, ¥याप अराउन्ड टेल लाइट समावेश गरिएको छ ।
इन्टेरियर र फिचर
न्यु जेनेरेसन सुजुकी अल्टो नयाँ इन्टेरियरसहित लन्च गरिनेछ । कारको सेन्टर कन्सोलमा सानो इन्फोटेनमेन्ट सिस्टम, भर्टिकल स्ट्याक्ड एयर कन्भेन्ट्स, नयाँ एसी बटन जस्ता फिचर समावेश गरिएको छ । कारमा अडियो र ब्लुटुथ टेलिफोनी कन्ट्रोल सहितको मल्टि फङसन स्टेयरिङ ह्वील पनि समावेश गरिएको छ ।
माइलेज
रिपोर्टका अनुसार स्ट्यान्डर्ड भेरिएन्टमा नयाँ इन लाइन ३ सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिएको छ । जसले पहिले भन्दा राम्रो परफर्मेन्स दिने अनुमान गरिएको छ । नयाँ मोडेलमा हल्का हाइब्रिड सिस्टम पनि हुनेछ । सो एसएचभीएस माइल्ड हाइब्रिड सिस्टमले अल्टोको माइलेज पहिलेको भन्दा बढाउँछ ।
सीएनजी
नयाँ मोडललाई सुजुकीको नयाँ लाइटवेट हार्टटेक प्लेटफर्ममा डिजाइन गरिनेछ । सो कार ८०० सीसी, ३ सिलिन्डर पेट्रोल इन्जिनको साथमा उपलब्ध हुने सम्भावना छ । कम्पनीले नयाँ अल्टोमा १.० लिटर, ३ सिलिन्डर पेट्रोल इन्जिन विकल्प पनि समावेश गर्न सक्छ । जुन पहिले अल्टो के१० मा समावेश गरिएको थियो । नयाँ अल्टो कारमा सीएनजीको विकल्प पनि हुनेछ ।
मारुती सुजुकीले भारतमा न्यु जेनेरेसनको अल्टो ह्याचब्याकको परीक्षण पनि सुरु गरेको छ । लिक भएको तस्विर अनुसार नयाँ अल्टो हालको मोडल भन्दा लामो, फराकिलो र अग्लो हुनेछ । जसले क्याबिन ठुलो बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...