डिसेम्बरमा नेपाल आउने भयो टोयोटा राइज, कति पर्ला मूल्य

काठमाडौं – नेपाली बजारमा टोयोटाको नयाँ एसयूभी राइज बिक्रीका लागि उपलब्ध हुने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले सो एसयूभी आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको बताएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक गरिएको छ । यसको बुकिङ समेत प्रारम्भ भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उपलब्ध १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनयुक्त राइज नेपाली बजारमा उपलब्ध हुने बताइएको छ । दुवै इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध छ । यसमा भएको ४.९ मिटर टर्निङ रेडियसले सहज तरिकाका साथ ह्यान्डलिङ गर्न सहयोग गर्छ । त्यसैगरी २०० एमएमको ग्राउन्ड क्लियरेन्सले यात्रामा हुने असहजतालाई कम गर्न सहयोग गर्छ ।

फ्रन्ट तथा रियर पार्किङ असिस्टले गाडीलाई ठोकिन वा अन्य अप्ठेरोहरुबाट बचाउँछ । गाडीको इन्टेरियरमा भएको ७ इन्च इन्फोटेनमेन्ट सिस्टममा पछिल्लो भर्सनको एप्पल कारप्ले र एन्ड्रोइड अटो सहित आउँछ, जसबाट कनेक्टिभिटी र सेक्युरिटीमा सहयोग पुग्छ ।

विभिन्न ८ कलर भेरिएन्टमा उपलब्ध हुने टोयोटा राइजको मूल्य करिव ६६ लाख रुपैयाँ देखि प्रारम्भ हुने अनुमान गरिएको छ । नेपाली बजारमा इन्डोनेसियामा उत्पादित टोयोटा राइज बिक्रीका लागि उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

टोयोटा प्रियस अब पाँचौ जेनेरेसनमा, सार्वजनिक भयो हाइब्रिड टेक्नोलोजीले सुसज्जित २०२३ प्रियस

टोयोटा प्रियस अब पाँचौ जेनेरेसनमा, सार्वजनिक भयो हाइब्रिड टेक्नोलोजीले सुसज्जित २०२३ प्रियस

टोयोटाले पाँचौ जेनेरेसन प्रियस कारको तस्बिरका साथ विभिन्न विवरण...

टाेयाेटा यारिस क्रस हाइब्रिड सार्वजनिक, मूल्य १ कराेड २२ लाख

टाेयाेटा यारिस क्रस हाइब्रिड सार्वजनिक, मूल्य १ कराेड २२ लाख

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

टोयोटा हाइक्रसको मूल्य सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

टोयोटा हाइक्रसको मूल्य सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

टोयोटाले आफ्नो वहुप्रतिक्षत एमपिभी हाइक्रसको मूल्य सार्वजनिक गरेको छ । एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...