इन्डोनेसियामा सार्वजनिक भयो होन्डाको नयाँ एड्भेन्चर टुरर बाइक होन्डा सीबी१५०एक्स

होन्डाले २०२१ जीआईआईएएस अर्थात गायकिन्डो इन्डोनेसिया इन्टरनेसनल अटो शोमा नयाँ सीबी१५०एक्स एड्भेन्चर बाइक प्रदर्शन गरेको छ । सो बाइक सीबी२००एक्सको सिरिज हो । जसलाई केही महिना पहिले भारतीय बजारमा लन्च गरिएको थियो ।

लुक र डिजाइन
बाइकमा लामो फ्रन्ट बेक, अग्लो विन्डस्क्रिन, फराकिलो ह्यान्डलबार र सिंगल पीस सिट समावेश गरिएको छ । नयाँ सीबी१५०एक्सको फ्युल ट्यांक सीबी२००एक्सको भन्दा ठूलो र बोल्ड छ । साथै इन्जिन एलिमेन्टलाई क्षतिबाट जोगाउनको लागि यसको तल बलियो ब्यास प्लेट जडान गरिएको छ ।

इन्जिन र पावर
होन्डा सीबी१५०एक्समा फुल डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, १४९ सीसी, लिक्विड कुल्ड, फ्युल इन्जेक्टेड इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ९००० आरपीएममा १६.५ बीएचपीको पावर र ७,००० आरपीएममा १३.८ एनएमको पीक टर्क जेनेरेट गर्छ । यो इन्जिन ६ स्पिड कन्स्टेन्ट मेस गियरबक्ससँग जोडिएको छ ।

ब्रेकिङ र सस्पेन्सन
सीबी२००एक्सको तुलनामा सीबी१५०एक्सको सिट उचाइ ८०५ एमएम छ । बाइकको ग्राउन्ड क्लियरेन्स १८१ एमएम रहेको छ । सीबी१५०एक्समा १७ इन्चको मल्टि–स्पोक अलोय ह्विल, फ्रन्टमा १५० एमएम र ३७ एमएम शोआ यूएसडी फोर्क्स दिइएको छ । ब्रेकिङका लागि बाइकको फ्रन्ट र रियरमा सिंगल डिस्क ब्रेक प्रयोग गरिएको छ जसमा एबीएस उपलब्ध रहेको छ ।

मूल्य
नयाँ होन्डा सीबी१५०एक्सको मूल्य इन्डोनेसियामा बेस भेरिएन्टको लागि करिव २ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

होन्डाको भी३ इन्जिन थप परिस्कृत भएर आउने

होन्डाको भी३ इन्जिन थप परिस्कृत भएर आउने

होन्डाले आफ्नो उच्च सिसी मोटरसाइकलका लागि नयाँ इन्जिन विकासको घोषणा गरेको...

होन्डाले सार्वजनिक ग-यो नयाँ एसयूभी ‘एलिभेट’

होन्डाले सार्वजनिक ग-यो नयाँ एसयूभी ‘एलिभेट’

होन्डाले भारतमा नयाँ एसयूभी ‘एलिभेट’ ग्लोबल डेब्यु गरेको छ । बजारमा पहिले...

होन्डा र निसान जुनमा मर्ज हुने र संयुक्त रुपमा होल्डिङ कम्पनी बनाउने

होन्डा र निसान जुनमा मर्ज हुने र संयुक्त रुपमा होल्डिङ कम्पनी बनाउने

जापानी कार निर्माता कम्पनी होन्डा र निसानले मर्जरका लागि सम्झौता पत्रमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...