झापामा खुल्यो जेसीबीको सुविधासम्पन्न आउटलेट

काठमाडौं - नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधासम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । जेसीबीको यो ३५औं आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने छन् ।

ओम दमक मोटर्स प्रालिले सञ्चालन गरेको नयाँ आधिकारिक विक्री केन्द्रको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जिव पाहुजाले गरेका थिए ।

नयाँ आउटलेटबाट जेसीबीका सम्पूर्ण मेसिन, पाटपुर्जा तथा अन्तर्राष्ट्रियस्तरको विक्रीपछिको सेवा पाउने एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक पाहुजाले बताए । ‘यो जेसीबीको अथराइज्ड रिटेल आउटलेट मात्र होइन, ग्राहकप्रतिको हाम्रो प्रतिबद्धता पनि हो,’ उनले भने ।

नेपालको नम्बर १ ब्रान्ड लाबी गर्ने जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।

पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

गिनिज रेकर्ड होल्डर ब्लुकोर इन्जिनका साथ चांगन हन्टर र एल्सभिन

गिनिज रेकर्ड होल्डर ब्लुकोर इन्जिनका साथ चांगन हन्टर र एल्सभिन

चांगन अटोको एल्सभिन सेडान र हन्टर पिकअपमा प्रयोग गरिएको ब्लुकोर इन्जिन...

स्कोडा कुशाकको एक वर्ष पुरा : थप फिचरका साथ अपडेट

स्कोडा कुशाकको एक वर्ष पुरा : थप फिचरका साथ अपडेट

स्कोडा कुशाक भारतमा लन्च गरेको १ वर्ष पुरा भइसकेको छ । सोही अवसरमा कम्पनीले...

पूर्व राजपरिवारले शिकारमा प्रयोग गरेको ५५ वर्ष पुरानो सीजे–५ नेपालको जिप सोरुममा

पूर्व राजपरिवारले शिकारमा प्रयोग गरेको ५५ वर्ष पुरानो सीजे–५ नेपालको जिप सोरुममा

के तपाईं जिपको फ्यान हुनुहुन्छ ? या जिपको इतिहासमा चाख राख्नुहुन्छ ? यदि हो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...