मारुती सुजुकीको सेकन्ड जेनेरेशन सेलेरियो सार्बजनिक, सुरुवाती मूल्य ४ लाख ९९ हजार रुपैयाँ

मारुती सुजुकीको निकै नै लोकप्रिय ह्याचब्याक कार सेलेरियोको सेकेन्ड जेनेरेशन आज भारतीय बजारमा सार्बजनिक गरिएको छ । यो नयाँ कार एलएक्सआई, भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस गरी ४ ट्रिम र ७ भेरियन्टमा उपलब्ध हुने बताइएको छ । जसमध्ये बेस भेरियन्ट एलएक्सआईको मूल्य ४ लाख ९९ हजार भारतीय रुपैयाँ कायम गरिएको छ ।

नयाँ कारमा १.० लिटर क्षमताको के१० सिरिज इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ६७ पिएस र टर्क ८९ एनएम रहेको छ । जुन यसअघिको पुरानो मोडलको तुलनामा केही बढी हो । यो नयाँ कारले सेग्मेन्टमै सर्बाधिक बढी माइलेज प्रदान गर्ने दाबी गरिएको छ । प्रतिलिटर इन्धनको खपतमा यसले २६ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको हो । माइलेज बढाउन यसमा आइडल स्टार्ट–स्टप फिचर दिइएको छ । नयाँ सेलेरियो हार्टेक्ट प्लेटफर्ममा आधारित छ ।

यो कारमा अपडेट गरिएको एक्सटेरियर लुक समाबेश गरिएको छ । कारमा अपडेटड हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध गराइएको छ । थप आकर्षक बनाउन यसको फुल बडी किटमा समेत केही परिमार्जन गरिएको छ ।

नयाँ मारुती सेलेरियोमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता फिचर समावेश गरिएको छ । साथै यसमा पहिलो पटक मारुतीको स्मार्ट प्ले अडियो सिस्टम समेत समाबेश गरिएको छ । आइडल स्टार्ट÷स्टप फङसनको साथ पुश स्टार्ट÷स्टप बटन पनि समावेश गरिएको छ । यसको टप भेरियन्टमा सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टि–स्पोक स्टेयरिङ ह्वील समेत समाबेश गरिएको छ । नयाँ सेलेरियोले इन्ट्री–लेभल ह्याचब्याक सेगमेन्टमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र ड्याटसन गो र टाटा टियागो लगायत कारसंग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

भारतीय बजारमा सर्बाजनिक भएसंगै अबको केही समयभित्रै यो नयाँ कार नेपाल भित्रिने सम्भावना देखिएको छ । नेपाली बजारमा समेत यसअघिको पुरानो मोडलले निकै राम्रो प्रभाव पारेका कारण नयाँ मोडल भित्रिएपछि यसले इन्ट्रि लेभल ह्याचब्याक सेग्मेन्टमा पुन बजार जमाउने अपेक्षा गरिएको छ । नेपाली बजारमा यसको सुरुवाती मूल्य २५ लाख हाराहारीबाट शुरु हुने अुनमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

यी ५ फरक बिशेषताका साथ आउँदैछ नयाँ ब्रेजा

यी ५ फरक बिशेषताका साथ आउँदैछ नयाँ ब्रेजा

मारुती सुजुकीले कम्प्याक्ट एसयुभीमा सर्बाधिक सफल मानिएको ब्रेजालाई...

जनवरी २०२५ मा शीर्ष १० एसयूभी बिक्रीको तथ्याङक सार्वजनिक, नम्बर वानमा हुन्डाई क्रेटा

जनवरी २०२५ मा शीर्ष १० एसयूभी बिक्रीको तथ्याङक सार्वजनिक, नम्बर वानमा हुन्डाई क्रेटा

२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...

अपडेट भर्सन सहित पावरफुल इन्जिन भएको अल्टो आउँदै

अपडेट भर्सन सहित पावरफुल इन्जिन भएको अल्टो आउँदै

मारुती सुजुकीले यस पटक पनि बिक्रीमा आफ्नो छाप छोडेको छ, त्यसैले कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...