इन्ट्री लेभलमा नयाँ खेलाडी बन्ने सम्भावना : २६ किमी माइलेज दिने नयाँ सेलेरियो आज लन्च हुँदै

भारतमा आज मारुती सुजुकीको नयाँ पुस्ताको सेलेरियो ह्याचब्याक कार सार्वजनिक हुने भएको छ । केही दिन पहिले यसको टिजर तस्बिर सार्वजनिक भएको थियो र बुकिङ पनि प्रारम्भ गरिएको थियो ।

नयाँ सेलेरियो पहिलेभन्दा धेरै पावरफुल हुनेछ । यसमा १.० लिटर के१०सी के सिरिज डुअलजेट, डुअल भीभीटी पेट्रोल इन्जिन र ५ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ । कारको इन्जिनको पावर, टर्क र फिचरको बारेमा जानकारी लन्चिङसँगै सार्वजनिक गरिने छ ।

रिपोर्टका अनुसार नयाँ सेलेरियो २६ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्ने क्षमता रहेको छ । माइलेज बढाउन आइडल स्टार्ट–स्टप फिचर दिइएको छ ।

नयाँ २०२१ मारुती सेलेरियो ४ वटा ट्रिम एलएक्सआई, भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस र ७ भेरिएन्टमा उपलब्ध हुनेछ । सो कार ६ रङ सिल्की सिल्भर, सोलिड फायर रेड, आर्कटिक ह्वाइट, क्याफिन ब्राउन, ग्लिस्टेनिङ ग्रे र स्पीडी ब्लू समावेश छ । नयाँ सेलेरियो हार्टेक्ट प्लेटफर्ममा आधारित छ ।

नयाँ सेलेरियोमा अपडेट गरिएको एक्सटेरियर लुकको साथ आउने अपेक्षा गरिएको छ । कारमा अपडेट हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध हुनेछ । इन्ट्री लेभल ह्याचब्याकलाई आकर्षक बनाउनको लागि कारको फुल बडी किटमा केही परिमार्जन गरिएको छ ।

नयाँ मारुती सेलेरियोमा एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता फिचर समावेश गरिएको छ । साथै आइडल स्टार्ट÷स्टप फङसनको साथ पुश स्टार्ट÷स्टप बटन पनि समावेश गरिएको छ । कारमा सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मल्टि–स्पोक स्टेयरिङ ह्वील पनि हुने सम्भावना रहेको छ ।

सो कारको मूल्य ४ लाख ५० हजार भारु भन्दा बढी हुनसक्छ । पुरानो मोडलको एक्स–शोरूम मूल्य ४ लाख ६६ हजार भारु रहेको छ र टप–स्पेक ट्रिमको एक्स–शोरूम मूल्य ६ लाख भारु रहेको छ । लन्चिङ पछि सो कार इन्ट्री–लेभल ह्याचब्याक सेगमेन्टमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र टाटा टियागो जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने

सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने

मारुती सुजुकीको ब्रेजा लन्च हुनु अगावै सो एसयूभीको भिडियो अनलाइन लिक भएको...

सुजुकीले खुलायो भारतमा नयाँ सेलिरियोको बुकिङ, २६ किलोमिटर माइलेज प्रदान गर्ने दाबी

सुजुकीले खुलायो भारतमा नयाँ सेलिरियोको बुकिङ, २६ किलोमिटर माइलेज प्रदान गर्ने दाबी

भारतमा मारुती सुजुकीले सेकेन्ड जेनेरेशन सेलिरियोको बुकिङ खुल्ला गरेको छ ।...

टियागो ईभीसंग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ मोडल ल्याउने

टियागो ईभीसंग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ मोडल ल्याउने

मारुती सुजुकीले भारतीय बजारको लागि कम लागतको इलेक्ट्रिक ह्याचब्याक विकास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...