फक्सवागनको कम्प्याक्ट फेमिली कार नयाँ पोलो ट्रयाकको टिजर सार्वजनिक

फक्सवागनले नयाँ पोलो ट्रयाकको टिजर जारी गरेको छ । कम्पनीको यो कम्प्याक्ट फेमिली कार हुनेछ, जुन पहिले दक्षिण अमेरिकामा लन्च हुनेछ । सो कार कम्पनीले एमक्युबी प्लेटफर्ममा निर्माण गर्नेछ । कम्पनीले सो कार ब्राजिलमा निर्माण गर्नेछ । यसको लागि फक्सवागनले १ बिलियन यूरो लगानी गर्न लागेको छ ।

पोलो ट्रयाक कार सन् २०२३ मा दक्षिण अमेरिकी बजारमा लन्च गरिने छ । हालको लागि सो कारको बारेमा धेरै खुलासा गरिएको छैन । यसको टिजरमा फ्रन्ट साइडको लोगो, बोनेटमा रहेको क्रिज र आक्रामक लुक देखाइएको छ ।

सो कार भारतीय वा नेपाली बजारमा लन्च गर्छ कि गर्दैन भन्ने जानकारी दिइएको छैन । यदि सो कार नेपालमा लन्च गरिएमा यो सानो परिवारका लागि उपयुक्त कार बन्न सक्छ । हाल कम्पनीले फक्सवागन पोलो बिक्री गर्दै आएको छ । यो भारतमा उत्पादन हुने गरेको छ ।

ह्याचब्याक सेग्मेन्टको यो कार नेपाली बजारमा हाल विभिन्न ५ भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य ३२ लाख ४० हजारदेखि ४६ लाख ४० हजार रुपैयाँसम्म पर्छ । १ हजार सीसी क्षमताको यो कार एमपीआई र टीएसआई गरी २ इन्जिन अप्सनमा उपलब्ध छ । जसमध्ये टीएसआई इन्जिनमा ४ भेरिएन्ट र एमपीआई इन्जिनमा १ भेरिएन्ट उपलब्ध छ ।

नेपाली बजारमा सबैभन्दा कम मूल्यको पोलो ट्रेन्डलाइन प्लसको मूल्य ३२ लाख ४० हजार कायम गरिएको छ । टीएसआई इन्जिन अन्तर्गत पोलो कम्फर्टलाइन म्यानुअलको मूल्य ३७ लाख ९० हजार र कम्फर्टलाइन अटोमेटिकको मूल्य ४३ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

पोलो हाइलाइन म्यानुअलको मूल्य ४२ लाख ९० हजार र पोलो हाइलाइन अटोमेटिकको मूल्य ४६ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

फक्सवागन टाइगुनको प्रतीक्षामा नेपाली ग्राहक

फक्सवागन टाइगुनको प्रतीक्षामा नेपाली ग्राहक

फक्सवागन टाइगुन नेपालमा बहुप्रतीक्षित एसयूभी हो । यो एसयूभी भारत र...

चिनियाँ अटो बजारमा तेस्रो स्थानमा झ-यो फक्सवागन, बिक्रीमा उछिन्यो जिलीले

चिनियाँ अटो बजारमा तेस्रो स्थानमा झ-यो फक्सवागन, बिक्रीमा उछिन्यो जिलीले

विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल बजार चीनमा जर्मन कार निर्माता फक्सवागन...

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

काठमाडौं – नेपालका लागि फक्सवागनको अधिकृत वितरक पूजा इन्टरनेसनल नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...