स्कोडा कुशाकको उत्पादन प्रारम्भ, नेपाली बजारमा छिट्टै आउने अपेक्षा
स्कोडा कुशाक भारतको पुणेस्थित चाकन प्लान्टमा उत्पादन शुरु भएको छ ।...
काठमाडौं – नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नेपालगञ्जमा नयाँ सोरुम सुरु गरेको छ । गजानन् अटो ट्रेडिङले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपेरियन्स’ दिनेछ ।
पश्चिम नेपालको पहिलो जिप सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ–नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा उनले प्रतिष्ठित जिप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु ठूलो कोशेढुंगा भएको बताए ।
त्यसैगरी एमएडब्लु ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा गरिरहेको र उनीहरुको अपेक्षा पूरा गर्न पाउँदा निकै खुसी महसुस गरिरहेको बताए । ‘हामीलाई आशा छ यो डिलरसिपले जिप परिवारमा आबद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ,’ उनले भने ।

जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर विक्री तथा विक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको बताएको छ । जिपले यसै आर्थिक वर्षमा पाँच अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्नेछ जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर गर्नेछ ।
जिपले ‘रोडसाइड असिस्टेन्स’ सहित चौबिसै घन्टा र ३६५ दिन सेवा दिइरहेको छ । यो वर्ष चुनौतीपूर्ण बजार अवस्थाका बाबजुत जिपले ‘इम्प्रेसिभ ग्रोथ’ गरिरहेको बताएको छ ।
त्यसैगरी गजानन् अटो ट्रेडिङका प्रबन्ध निर्देशक कुबेर सोनीले नेपालगञ्जका ग्राहकलाई सबैभन्दा बढी विश्वास गरिएको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपेरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए ।
गत असारमा नयाँ जिप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयूभी सेग्मेन्टमा जिप ब्रान्डले उल्लेखनीय प्रदर्शन गर्दै आएको छ र यो गति पूरै वर्ष कायम हुने अपेक्षा गरिएको बतएको छ ।
स्कोडा कुशाक भारतको पुणेस्थित चाकन प्लान्टमा उत्पादन शुरु भएको छ ।...
काठमाडौं – नेपाली बजारका लागि स्कोडा कुशाकको मूल्य केही दिनमै सार्वजनिक...
भारत सरकारले १.४ बिलियन अमेरिकी डलर कर छली गरेको आरोपमा फक्सवागनलाई नोटिस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...