होन्डा सिटीसँग प्रतिस्पर्धा गर्न फक्सवागनले ल्याउदै छ भर्टस सेडान कार

फक्सवागनले भारतीय बजारका लागि नयाँ मिड साइज सेडान कार ल्याउने तयारी गरिरहेको छ । नयाँ सेडान भर्टस सेडानमा आधारित हुनेछ । सो कार केही अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको छ । फक्सवागन भर्टस कार भारतीय सडकमा परीक्षणको समयमा कैयौं पटक देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार नयाँ फक्सवागन भर्टसमा आधारित सेडान कार मे २०२२ मा लन्च गरिने छ । सो कार एमक्युबी–एओ–इन प्लेटफर्ममा आधारित हुनेछ । सो प्लेटफर्मको प्रयोग फक्सवागन टाइगुन, स्कोडा कुशाक र स्कोडा स्लाभियामा पनि गरिएको छ ।

इन्जिन र पावर
नयाँ मिड साइज सेडान कारमा १.० लिटर ३ सिलिन्डर टर्बोचार्ज पेट्रोल इन्जिन समावेश गरिने छ । सो इन्जिनले अधिकतम १०८ बीएचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ । उक्त सेडान कारमा नयाँ १.५ लिटर टर्बोचार्ज पेट्रोल इन्जिन पनि उपलब्ध हुनेछ । जसले १४७ बीएचपीको पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिनमा ७ स्पिड डीएसजी गियरबक्स उपलब्ध रहेको छ ।

फिचर
फक्सवागन भर्टस सेडानको इन्टेरियर र फिचर टाइगुन मिड साइज सेडानसँग साझेदारी गरिने सम्भावना छ । यसमा इलेक्ट्रिक सनरुफ, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, मल्टिपल एयरब्याग, अटोमेटिक एसी, एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टेललाइट र अन्य धेरै फिचर समावेश गरेको छ । फक्सवागन भर्टस सेडानले नयाँ होन्डा सिटी, हुन्डाई भर्ना र मारुती सुजुकी सियाजसँग प्रतिस्पर्धा गर्नेछ ।

साइज
नयाँ सेडानले पुरानो भेन्टोलाई प्रतिस्थापन गर्नेछ । साइजमा ग्लोबल स्पेक भर्टसको बराबर हुनेछ । फक्सवागन भर्टसको लम्बाई ४४८२ एमएम, चौडाई १७५१ एमएम, उचाई १४७२ र ह्वीलबेस २६५१ एमएम रहेको छ । यो नयाँ सेडान भेन्टो भन्दा ९२ एमएम लामो, ५२ एमएम फराकिलो, ५ एमएम उच्च र ९८ एमएम बढी ह्वीलबेस रहेको छ ।

सम्बन्धित समाचारहरू

६.९९ प्रतिशत ब्याजदरमै फक्सवागन टाइगुन, ५ वर्षसम्म ब्याजदर परिवर्तन नहुने

६.९९ प्रतिशत ब्याजदरमै फक्सवागन टाइगुन, ५ वर्षसम्म ब्याजदर परिवर्तन नहुने

काठमाडौं– फक्सवागन गाडीको नेपालका लागि आधिकारिक वितरक पुजा इन्टरनेश्नल...

नेपाल आउने तयारीमा रहेका दुई युरोपियन कारले पायो ५ स्टार रेटिङ

नेपाल आउने तयारीमा रहेका दुई युरोपियन कारले पायो ५ स्टार रेटिङ

युरोपियन ब्रान्ड फक्सवागन र स्कोडाले भारतमा निर्माण गरेको दुई नयाँ कारले...

टाइगुनमा २३ हजार र पोलोमा १५ हजार रुपैयाँको मासिक किस्तावन्दि योजना

टाइगुनमा २३ हजार र पोलोमा १५ हजार रुपैयाँको मासिक किस्तावन्दि योजना

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेश्नल नेपालले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...