यस्तो छ ड्युअल टोनयुक्त बीएस६ रेनो ट्राइबर

काठमाडौं – नेपाली बजारमा ड्युअल टोन सहितको बीएस६ रेनो ट्राइबर एसयूभी केही समय यता उपलब्ध भइरहेकोे छ । नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले यसको बुकिङ खुला गरेको छ । रेनोका देशभर रहेका सोरुमहरुमा गएर वा रेनो नेपालको वेबसाइटबाट यसको बुकिङ गर्न सकिने छ ।

रेनो ट्राइबर पहिले देखि नै उपलब्ध भए पनि हाल ७ सिटर रेनो ट्राइबरमा बीएस६ इन्जिन जडान गरिएको छ । यसमा स्टेयरिङ माउन्टेड अडियो एन्ड फोन कन्ट्रोल, ड्युअल टोन तथा स्टाइलिस रुफरेल, ओआरभीएममा एलईडी टर्न इन्डिकेटर, सिट हाइट एड्जस्ट गर्न सकिने ६–वे एड्जस्टेबल ड्राइभर सिट जस्ता फिचर रहेका छन् ।

रेनो ट्राइबर नेपाली बजारमा उपलब्ध एमयूभी अर्थात मल्टी युटिलिटी भेइकल हो । यसको दुई भेरिएन्ट नेपाली बजारमा उपलब्ध छ । रेनो ट्राइबर ड्युअल टोन म्यानुअल ट्रान्समिसनको मूल्य ३५ लाख ४९ हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

१८२ एमएमको ग्राउन्ड क्लियरेन्स भएको सो एमयूभीको अघिल्लो भागमा प्रोजेक्टर हेडल्याम्प छ भने डे टाइम रनिङ लाइट आदि सुविधा उपलब्ध छ । एबीएस, ईबीडी आदि सहित चार एयरब्यागलगायतका विभिन्न सेफ्टी फिचर यसमा उपलब्ध छन् ।

इन्टेरियरमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसले एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्छ । भ्वाइस कमान्डका साथै हालको मोडलमा स्टेयरिङ माउन्टेड कन्ट्रोलको सुविधा समेत छ । ड्युअल हर्नका साथै एड्जस्टेबल ड्राइभर सिटलगायतका विभिन्न सुविधा यसमा उपलब्ध छन् । ड्युअल टोन इन्टेरियर पनि यसमा भएको मुख्य परिवर्तन हो ।

कुल ग्लोब बक्सका साथै प्रत्येक रोमा एसी उपलब्ध छ । पुस स्टार्ट बटन सुविधा भएको यो गाडीको भित्रैबाट मिरर मिलाउन सकिन्छ ।

रेनो ट्राइबर नेपाली बजारमा उपलब्ध ७ सिटर एसयूभी हो । पहिलो लहरमा दुई जना, दोस्रो लहरमा तीन जना र तेस्रो लहरमा दुई जना गरी सात जना यसमा बस्न सकिन्छ । तेस्रो लहरको सिटलाई निकालेर सामान राख्न पनि सकिन्छ । यसरी निकाल्दा ६२५ लिटरको बुट स्पेस बन्छ । सिट राख्दा ८५ लिटर स्पेस बाँकी रहन्छ ।

रियर क्यामेरा, रियर पार्किङ सेन्सर, रियर वाइपर र रियर डिफोगर तथा ड्राइभर र को–ड्राइभरका लागि सिट बेल्ट रिमाइन्डर छ भने ओभर स्पिड अलर्ट समेत गराउछ । स्पिड सेन्सिङ डोर लक र इम्प्याक्टको अवस्थामा अटो डोर लकको सुविधा छ ।

सो कारमा सिंगल पावरट्रेनको विकल्पमा १.० लिटर, ३ सिलिन्डर युनिट प्रयोग गरिएको छ । सो इन्जिनले ७० बीएचपीको पावर र ९६ एनएमको टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

रेनोको सवै मोडलमा नयाँ इन्जिन, क्विडमा थपियो नयाँ भेरिएन्ट

रेनोको सवै मोडलमा नयाँ इन्जिन, क्विडमा थपियो नयाँ भेरिएन्ट

फ्रेन्च अटो निर्माता रेनोलो भारतमा उत्पादन गर्दै आइरहेको क्विड, काइगर र...

सुरक्षामा कमजोर देखियो नयाँ डस्टर, सेफ्टि टेष्टमा पायो जम्मा ३ स्टार रेटिङ

सुरक्षामा कमजोर देखियो नयाँ डस्टर, सेफ्टि टेष्टमा पायो जम्मा ३ स्टार रेटिङ

फ्रेन्च अटो निर्माता रेनोले ल्याएको नयाँ डासिया डस्टर सुरक्षाको मामलमा...

अपग्रेड भएर आयो रेनो काइगर, यस्तो छ विशेषता

अपग्रेड भएर आयो रेनो काइगर, यस्तो छ विशेषता

रेनो इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी काइगरको फेसलिफ्ट लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...