हन्टर टिकटक च्यालेन्जमा बिजयी हुने तीन जनाले पाए नगद पुरस्कार
काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...
आज धनतेरस । यो दिन कुनै पनि लोह वा सुन, चाँदी धातुका सामान किन्ने चलन पुरानै हो । छर पछिल्लो समय यो दिनलाई सवारी साधन किन्ने दिनको रुपमा समेत मान्ने चलन बढ्दै गएको छ । यही अनुसार सवारी साधन बिक्रेताहरुले पनि तयारी गरेको पाइन्छ ।
तिहारको छेको पारेर मनाइने यो पर्व विशेष महत्वको रहेको छ । व्यवसायीहरुका लागि पनि यो दिन विशेष महत्वको हुन्छ ।
यही दिनलाई लक्ष्य गरेर व्यवसायीहरूले सामान मौज्दातसमेत राख्ने गरेका हुन्छन् । यो दिन पसल सजाएर आकर्षक बनाइन्छ । कतै सयपत्री फूलले त कतै झिलिमिली विद्युतीय बत्ती राखेर तिहार आएको झल्को दिलाइन्छ । दसैं तिहारको अवसरमा सार्वजनिक गरिएको स्किमका साथ ग्राहकलाई सवारी साधन उपलब्ध गराउने र सजाएर राखिएको सोरुमलाई झनै आकर्षक बनाउने गरिन्छ ।
त्यसैगरी पहिले नै बुकिङ गरेका गाडी यो दिन डेलिभरी लिने समेत गरिन्छ । नयाँ ग्राहकले यो दिन नगदमै गाडी खरिद गर्ने प्रचलन समेत बढ्दो छ । यद्यपि अन्य भन्दा मोटरसाइकल र स्कुटर नै बढी किन्ने गरिन्छ ।
नेपाली बजारमा पनि विशेष गरी तराईतिर यो प्रचलन बढ्दै गएको छ । दसैंको फूलपाती, धनतेरस र तिहारको लक्ष्मी पूजाको दिन विशेष गरी सवारी साधन बढी बिक्री हुने दिन मानिन्छ ।
यद्यपि यो वर्ष भने ग्राहकले आफूले खोजेको सवारी साधन पाउन सकेका छैनन् । विश्वव्यापी रुपमा भएको सेमी कन्डक्टरको अभाव र कोभिड–१९ को प्रकोपका कारण नेपाली बजारमा भने जति मोडल र संख्यामा सवारी साधन भित्रिन पाएनन् । यसको प्रत्यक्ष असर नेपाली ग्राहकलाई परेको छ ।
काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...
काठमाडौं – विश्वभर एकै दिन मनाइने रोयल इन्फिल्ड वान राइडका सहभागीहरु...
हार्ले डेभिडसनले आधिकारिक रूपमा आफ्नो नयाँ बाइक एक्स४४० सार्वजनिक गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...