रोयल इन्फिल्डद्वारा गोवामा सबैभन्दा शक्तिशाली बुलेट ६५० सार्वजनिक
रोयल इन्फिल्डले आफ्नो चर्चित मोटरसाइकल बुलेट ६५० लाई गोवामा चलिरहेको...
काठमाडौं – नेपाली बजारमा थप दुई कलरमा हार्टफोर्ड भीआर १५०एच भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक इग्निसन अटोले पहिले कालो कलरमा मात्र यो मोटरसाइकल उपलब्ध गराइरहेकोमा अब भने सेतो कालो र रातो सेतो गरी थप दुई कलरमा समेत उपलब्ध भएको छ ।
हार्टफोर्ड भीआर १५० एचको मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । तर आगामी छठ सम्मका लागि कम्पनीले ४ लाख ६५ हजार रुपैयाँमा यो मोटरसाइकल उपलब्ध गराइरहेको छ । यसबाट ग्राहकले एकै पटक २५ हजार रुपैयाँ फाइदा पाउन सक्ने छन् ।
यो मोटरसाइकलको इन्स्ट्रयुमेन्ट क्लस्टर समेत पहिले भन्दा फरक छ । आरपीएम मिटर र अन्य विभिन्न फिचर सहितको आयताकार इन्स्ट्रयुमेन्ट क्लस्टरले यसमा आकर्षण थपेको छ ।

हार्टफोर्ड भीआर १५०एचमा १४९ सीसीको इन्जिन छ, जसमा ५ स्पिड गियरबक्स उपलब्ध छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः २१९० एमएम, ८८० एमएम र १२४० एमएम छ । त्यसैगरी ह्विलबेस १३७५ एमएम छ । १२३ किलोग्राम तौल भएको सो बाइकको अघिल्लो भागमा डबल पेरिस्कोप र पछिल्लो भागमा मोनोसक सस्पेन्सन छ । त्यसैगरी दुवै पांग्रामा डिस्क ब्रेक छ ।
यो बाइकमा क्लासिक र पावरफुल हेडलाइट उपलब्ध छ । ठूलो र फराकिलो टायर छ । त्यसैगरी डिजिटल मिटर र अपसाइड डाउन फोर्क छ ।
रोयल इन्फिल्डले आफ्नो चर्चित मोटरसाइकल बुलेट ६५० लाई गोवामा चलिरहेको...
रोयल इन्फिल्डले भारतमा उत्पदान गरेको मेटियर ३५० वेलायतमा सर्बाधिक बिक्री...
रोयल इन्फिल्डको लोकप्रिय हिमालयन एड्भेन्चर बाइकको अपडेट मोडल लन्चिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...