तीन महिनामा शतप्रतिशत बढ्यो जिप कार आयात

काठमाडौं – आयात निर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज भन्सारबाट सवारीका साधनको आयात ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को साउनदेखि असोजसम्मको ३ महिनामा यस्ता वस्तुको आयात बढेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको ३ महिनामा यो नाकाबाट ३ अर्ब ३६ करोड रुपैयाँबराबर मूल्यका २ हजार ९१७ ओटा जिपकार भ्यान भित्रिएका छन् । यो संख्या गत आवको सोही अवधिभन्दा १०१ प्रतिशत बढी हो ।

गत आवको पहिलो ३ महिनामा १ अर्ब ६५ करोड रुपैयाँबराबरका १ हजार ४५० वटा यस्ता साधन भित्रिएका थिए ।

चालू आवको पहिलो त्रैमासमा मोटरसाइकलको आयात भने करिब उस्तै छ ।

१ अर्ब ८० करोड मूल्यका २० हजार ८५५ वटा मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ । त्यसैगरी यो अवधिमा पिकअप गाडीको आयातसमेत ९९ प्रतिशतले बढेको छ ।

ट्रकबसको चेसिसको आयात ३ गुणा बढेको छ । गत आवको पहिलो ३ महिनामा २२० वटा यस्ता साधन भित्रिएकोमा यो वर्ष ६५९ पुगेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

रामेछापको विद्यालयबाट चांगन अटो नेपालको के ग्लोबल फाउन्डेसनसँग सहकार्य प्रारम्भ

रामेछापको विद्यालयबाट चांगन अटो नेपालको के ग्लोबल फाउन्डेसनसँग सहकार्य प्रारम्भ

काठमाडौं – नेपाली बजारमा चांगन ब्रान्डका सवारी साधन बिक्री–वितरण...

स्कोडा कुशाकको उत्पादन प्रारम्भ, नेपाली बजारमा छिट्टै आउने अपेक्षा

स्कोडा कुशाकको उत्पादन प्रारम्भ, नेपाली बजारमा छिट्टै आउने अपेक्षा

स्कोडा कुशाक भारतको पुणेस्थित चाकन प्लान्टमा उत्पादन शुरु भएको छ ।...

डिजाइन र टेक्नोलोजी खोज्ने ग्राहकलाई चांगन उत्तम विकल्प बन्नसक्छ

डिजाइन र टेक्नोलोजी खोज्ने ग्राहकलाई चांगन उत्तम विकल्प बन्नसक्छ

नेपाली बजारमा चांगन ब्रान्ड छिट्टै नै भित्रिने क्रममा छ । यसै सन्दर्भमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...