११० सीसी सेगमेन्टमा भित्रियो हिरोको नयाँ मोडल : यस्ता छन् हिरो, होन्डा, टीभीएस र यामाहाका स्कुटर

केही दिन पहिले नेपाली बजारमा नयाँ माएस्ट्रो एज ११० स्कुटर भित्रिएको छ । पहिले भन्दा केही नयाँ फिचर सहित भित्रिएको सो स्कुटरले नेपाली बजारमा थोरै भए पनि केही सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

नेपाली स्कुटर बजारमा ११० सीसी रेन्जका स्कुटर अहिले पनि लोकप्रिय मानिन्छन् । २ बर्षअघिसम्म यही रेन्जका स्कुटरले बजारको नेतृत्व गर्दै आइरहेको थियो । कोरोना महामारीका कारण सिर्जित लकडाउनको अवधिमा यो रेन्जको स्कुटर माग बमोजिम बजारमा उपलब्ध नभएपछि ग्राहकहरु विस्तारै १२५ सीसी सेग्मेन्टमा सिफ्ट हुन थालेका हुन् । त्यसयता बजारमा १२५ सीसी सेग्मेन्टले बजारको नेतृत्व गरिरहेको छ ।

१२५ सीसीको तुलनामा ठुलै रकमको मूल्य अन्तर पर्ने र माइलेज समेत बढी पाइने विशेषताका कारण ११० सीसी सेग्मेन्टमा स्कुटर पारखीहरुको क्रेज भने खासै कम भएको पाइदैन । हाल बजारमा हिरो, होन्डा, यामाहा र टीभीएसले यो सेग्मेन्टका स्कुटरको आयात गरी कारोबार गरिरहेका छन् । जसमध्ये सबैभन्दा बढी बजार हिस्सा होन्डाको छ । होन्डाको डिओ र एभिएटर यो सेग्मेन्टमा सर्बाधिक रुचाइएका स्कुटर हुन् । जसमध्ये डिओको मूल्य २ लाख १९ हजार ९ सय र एभिएटरको २ लाख २२ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

होन्डापछि दोस्रो सर्बाधिक बिक्री हुने ब्रान्डमा यामाहा पर्छ । यामाहाको फेसिनो र रे–जीआर स्कुटर ११३ सीसी क्षमतामा उपलब्ध छन् । जसमध्ये फेसिनोको मूल्य २ लाख १८ हजार ९ सय र रे–जीआरको २ लाख ६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यो सेग्मेन्टमा सबैभन्दा बढी मोडल भने टीभीएससँग छ । टीभीएससँग जुपिटर क्लासिक, वेगो र ड्याज गरी कुल ४ मोडलमा ११० सीसी क्षमताका स्कुटर उपलब्ध छन् । जसमध्ये जुपिटरको मूल्य २ लाख ११ हजार ९ सय, वेगोको २ लाख ७ हजार ९ सय र वेगोकै एफआई इन्जिनको २ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यसैगरी ड्याज मूल्य को १ लाख ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । टिभिएसको यी स्कुटरमध्ये जुपिटर र वेगो बढी लोकप्रिय मानिन्छन् ।

११० सीसी सेग्मेन्टमा हिरोसँग नयाँ माएस्ट्रो एज र डुएट गरी २ मोडल उपलब्ध छ । जसमध्ये नयाँ माएस्ट्रो एजलाई कम्पनीले केही दिनअघिमात्र बजारमा सार्वजनिक गरेको हो । यो स्कुटरको मूल्य २ लाख १५ हजार रुपैयाँ तोकिएको छ । अर्को मोडल डुएटको मूल्य भने १ लाख ९३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...