एस्कर्ट ब्याकहो लोडर अब बैद्य अर्गनाइजेसनले समेत बिक्री गर्ने

भारतीय हेभी इक्विपमेन्ट उत्पादक कम्पनी एस्कर्टको ब्याकहो लोडर अब बैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड हेभी इक्विपमेन्ट एन्ड अर्थ मुभर्स प्रालिले समेत बिक्री गर्ने भएको छ । कम्पनीले एस्कर्ट ब्रान्डकै एक्सिट्रम ब्याकहो लोडर बिक्री गर्ने भएको हो ।

आइएमई ग्रुप अन्तर्गतको आइएमई अटोमोटिभ्सले समेत एस्कर्ट ब्रान्डको ब्याकहो लोडर सहित ह्विल लोडर, कम्प्याक्टर, मोटर ग्रेडर र क्रेन लगायत इक्विपमेन्टसको बिक्री गर्दै आइरहेको छ । एस्कर्ट कन्स्ट्रक्सनले उत्पादन गर्ने एक्सिट्रम लाई कम्पनीले छुट्टै ब्रान्ड नाममा बजारिकरण गरेका कारण नेपालमा यसको नयाँ बितरक थप भएको हो ।

एक्स्ट्रिम एक्स्पोर्ट क्वालिटीको ब्याकहो लोडर भएका कारण यसले बजारमा छिट्टै प्रभाव जमाउने बिक्रेता कम्पनी युनाइटेड हेभी इक्विपमेन्ट एन्ड अर्थ मुभर्सले जनाएको छ । नेपाली बजारमा एस्कर्टका ब्याकहो लोडर र क्रेन निकै लोकप्रिय मानिन्छन् । यसको हाइड्रा सर्बाधिक बिक्री हुने क्रेनमा गनिन्छ भने ब्याकहो लोडरमा समेत जेसिबी पछि यो दोस्रो स्थानमा रहन सफल भएको दाबी गरिएको छ ।

बलियो तथ मजबुत इन्जिन, इन्धन किफायती बिशेषता र मर्मत सम्भार खर्च कम लाग्ने बिशेषताका कारण एस्कर्टका उत्पादनलाई निर्माण ब्यावसायीहरुले बढीमात्रामा रुचाउने गरेका छन् ।

सम्बन्धित समाचारहरू

आइतबार देखि अशोक लेल्यान्डको विन्टर सर्भिस क्याम्प हुने

आइतबार देखि अशोक लेल्यान्डको विन्टर सर्भिस क्याम्प हुने

काठमाडौं – अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले सबै अशोक...

आईएमई मोटर्सको लोन मेला सुरु

आईएमई मोटर्सको लोन मेला सुरु

काठमाडौं – अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले ग्राहकहरुलाई...

नारी दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले महिलालाई निशुल्क तालिम दिने

नारी दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले महिलालाई निशुल्क तालिम दिने

एक्सर्ट्स हेभी इक्विपमेन्टको नेपालका लागी आधिकारिक वितरक आईएमई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...