विश्वकै एड्भान्स्ड भेइकल फ्यासिलिटीबाट उत्पादन भएको जिकर ००१ ईभी सार्वजनिक ग-यो गिलीले

चीनको प्रसिद्ध अटोमोबाइल निर्माता कम्पनी गिली (जिली) को नयाँ फुल–इलेक्ट्रिक प्रिमियम ब्रान्ड जिकरले पहिलो इलेक्ट्रिक कार जिकर ००१ सार्वजनिक गरेको छ । जिकर ब्रान्डको नयाँ इन्टेलिजेन्ट फ्याक्ट्री रहेको स्थान चीनको निङबोमा सो गाडी सार्वजनिक गरिएको हो । यसको डेलिभरी भने आगामी अक्टोबर २३ देखि शुरु हुनेछ ।

निङबोमा रहेको नयाँ जिकर इन्टेलिजेन्ट फ्याक्ट्री विश्वकै सबैभन्दा एड्भान्स्ड भेइकल फ्यासिलिटी मध्ये एक हो । थोरै मात्र जनशक्ति कार्यरत उक्त फ्याक्ट्रीमा ३ सय भन्दा बढी रोबोटसहितको फुल्ली अटोमेटेड वेल्डिङ सेक्सन रहेको छ ।

कार उत्पादन प्रक्रियाका लागि कुनै अनुगमनको आवश्यकतै पर्दैन, किनभने वेल्डिङ प्रोडक्सन लाइनमा ग्लु एप्लिकेसन भिजुअल गाइडेन्स, अनलाइन मेजरमेन्ट र अल्ट्रासोनिक सेल्फ–इन्स्पेन्सन जस्ता सबै मोनिटरिङ सिस्टम समावेश हुन्छ । यी सबै कार्यका लागि फाइभजी भन्दा पनि माथिल्लो प्रविधिको इन्टेलिजेन्ट इन्टरनेट सिस्टमले सहयोग गरिरहेको हुन्छ ।

जिकर ००१ प्रोडक्सन मोडल गिलीको सस्टेनेबल इलेक्ट्रिक आर्किटेक्चर (एसईए) प्लेटफर्ममा आधारित छ । यसले ५४४ पीएस पावर र ७६८ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको १०० किलोवाट आवरको जेड–ब्याट्रीले एनईडीसी मेथडमार्फत ७ सय किलोमिटर सम्मको रेन्ज दिन्छ । यद्यपि आगामी दिनमा यसको रेन्ज फरक हुन सक्ने बताइएको छ । त्यसैगरी यो ब्याट्री ३० मिनेटमै १० देखि ८० प्रतिशत सम्म चार्ज हुन्छ ।

गत अप्रिल महिनामा सार्वजनिक गरिएको जिकर ००१ भन्दा यसको क्षमता केही फरक छ । विभिन्न परीक्षण र नयाँ प्रविधिका कारण यो सबै सम्भव भएको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

उत्तरढोकामा भयो मल्टी–ब्रान्ड ईभी शोरुमको सुरुवात, स्टेलान्टिसको नेपालमा उपस्थिति विस्तार

उत्तरढोकामा भयो मल्टी–ब्रान्ड ईभी शोरुमको सुरुवात, स्टेलान्टिसको नेपालमा उपस्थिति विस्तार

काठमाडौं – दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक...

यस्तो छ साउनमा नेपाल आउने लिपमोटर बी१०, प्रतिस्पर्धी को ?

यस्तो छ साउनमा नेपाल आउने लिपमोटर बी१०, प्रतिस्पर्धी को ?

काठमाडौं – न्यू इनर्जी भेइकलमा निकै राम्रो चर्चा कमाएको लिपमोटरले पछिल्लो...

चर्चामा लिपमोटरको नयाँ एसयूभी ए१०, नेपालमा प्रतीक्षा

चर्चामा लिपमोटरको नयाँ एसयूभी ए१०, नेपालमा प्रतीक्षा

लिपमोटरको नयाँ एसयूभी ए१० ले अहिले चर्चा पाइरहेको छ । इन्ट्री लेभल ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...