फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

काठमाडौं - नेपालका लागि फक्सवागनको अधिकृत वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले चाडपर्वको अवसर पारेर एकसाथ दुईवटा आकर्षक उपभोक्तामुखी योजना ल्याएको छ ।

कम्पनीले फक्सवागनको पोलो र भेन्टो गाडीमा ‘फक्सफेस्ट सरप्राइज’ र टाइगुनका ग्राहकलाई लक्ष्य गरेर दरबारमार्गस्थित वान दरबार मलमा ‘टाइगुन कार्निभल फेस्ट’ सुरु गरेको हो ।

स्किम अन्तर्गत फक्सवागनको पोलो र भेन्टो कार खरिदकर्ताले लक्की ड्रबाट आकर्षक उपहार जित्न सक्नेछन् । स्किम अवधिमा फक्सवागनको भेन्टो वा पोलो कार खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत बिएमडब्लू जी३१० जिएस मोटरसाइकल, सुजुकी बर्गम्यान स्कुटर र सामसङ ग्यालेक्सी जेड फ्लिप३ जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले दसैं, तिहार जस्ता चाडपर्वको उमंगमा खुसी थप्न सीमित अवधिका लागि यो स्किम ल्याएको हो ।

यसैगरी, कम्पनीले कार पारखीलाई फक्सवागनको अल न्यू एसयूभी टाइगुनको टेस्ट ड्राइभ र सट्टापट्टाको अवसर प्रदान गर्न ‘टाइगुन टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ ।

काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा शुक्रबार सुरु भएको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सम्पन्न भएको छ । त्यहाँ फक्सवागनको नयाँ एसयुभी टाइगुनको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिनेछ । क्याम्पमा कार खरिदकर्ताका लागि अन द स्पट फाइनान्सिङ, बिमा, सट्टापट्टा र बुकिङको सुविधा थियो ।

टेस्ट ड्राइभ बाहेकको टाइगुन कार्निभल फेस्ट भने दरबारमार्गको वान दरबार मलमा तिहारसम्म चल्नेछ । कार्निभल अवधिमा उक्त एसयुभी खरिदकर्ताले आकर्षक नगद छुट, लोयल्टी बोनस, निःशुल्क एसेसोरिज, एक वर्षको रोड ट्याक्स, जति किलोमिटर कुदाए पनि दुई वर्षसम्मको वारेन्टी, एक्सचेन्ज बोनस र सहज फाइनान्सिङको सुविधा पाउने छन् ।

कार्निभल फेस्टलाई अझ उत्सवमय बनाउन कम्पनीले फेस पेन्टिङ, इन्टरएक्टिभ गेम, सेलिब्रेटीसँग भेटघाटको पनि व्यवस्था गरेको छ । कार्निभल फेस्ट सहभागी कार पारखी र उनीहरुसँगै आउने बालबालिकाका लागि आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था छ । टेस्ट ड्राइभका सहभागीमध्येका भाग्यमानीले परिवारसहित हेलिकप्टरमा पवित्रस्थल गोसाइँकुण्ड पुगेर फर्किने अवसर पनि पाउन सक्छन् ।

जर्मन इन्जिनियरिङमा आधारित अल न्यू फक्सवागन एसयूभी टाइगुन ४० भन्दा बढी सुरक्षा विशेषताले सुुसज्जित छ । सहरी इलाका, राजमार्ग र अफरोडमा अब्बल ड्राइभिङ अनुभव दिने यो एसयुभीको परिचयात्मक मूल्य ५० लाख ९० हजार तोकिएको कम्पनीले जनाएको छ । कार्निभलमा टाइगनसँग एक्सचेन्ज गरिने गाडीलाई उच्चतम मूल्य दिइने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

शोरुममा देखियो फक्सवागनको नयाँ सेडान कार, नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने

शोरुममा देखियो फक्सवागनको नयाँ सेडान कार, नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने

काठमाडौं– फक्सवागनको नयाँ सेडान कार नेपाल भित्रिएको छ । साउन २१ गतेदेखी...

नयाँ वर्ष अफर : फक्सवागनका कार किन्दा २ लाख ५० हजार र अन्य धेरै छुट

नयाँ वर्ष अफर : फक्सवागनका कार किन्दा २ लाख ५० हजार र अन्य धेरै छुट

काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा ह्याप्पी न्यु वागन २०७८, हर्ष नयाँ...

टाइगुनमा २३ हजार र पोलोमा १५ हजार रुपैयाँको मासिक किस्तावन्दि योजना

टाइगुनमा २३ हजार र पोलोमा १५ हजार रुपैयाँको मासिक किस्तावन्दि योजना

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेश्नल नेपालले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...