भारतीय कम्पनी ई–मोटार्डका ड्युअल सस्पेन्सनयुक्त विद्युतीय साइकल अब नेपाली बजारमा

भारतीय कम्पनी ई–मोटार्डका विद्युतीय साइकल नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा युनिटी ट्रेडिङ कन्सर्न प्रालिले यी इलेक्ट्रिक साइकल नेपाली बजारमा भित्र्याएको हो ।

ईएमएक्स, टीरेक्स र डुडल गरी तीन विभिन्न मोडलका इलेक्ट्रिक साइकल नेपाली बजारमा भित्रिएका हुन् । यी साइकलमा सामसुङको लिथियम आयोन ब्याट्री तथा सिमानोको डिरेलर र गियर सिफ्टर प्रयोग गरिएको छ । यी साइकलमा भएको ब्याट्री साढे ३ देखि ४ घण्टा बीचमा फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी साइकलमा २५० वाटको मोटर प्रयोग गरिएको छ भने फ्रृम आल्मुनियम अलोय ६०६१ प्रयोग भएको छ, जसमा कम्पनीले लाइफ टाइम वारेन्टी दिएको छ ।

ईएमएक्समा भएको ब्याट्रीले सिंगल चार्जमा पेडल असिस्ट मोडमा ७० किलोमिटर सम्म माइलेज दिन्छ भने थ्रोटल मोडमा चलाउदा ५० किलोमिटर सम्मको माइलेज दिन्छ । यसको मूल्य १ लाख ४३ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

टीरेक्समा हार्डटेल फ्रेम प्रयोग गरिएको छ । पेडल असिस्ट मोडमा चलाउदा यसले ५० किलोमिटर सम्मको माइलेज दिन्छ भने थ्रोटल मोडमा चलाउदा ३५ किलोमिटर सम्म माइलेज दिन्छ । टीरेक्सको मूल्य १ लाख १३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

डुडल चाहिं फोल्डिङ साइकल हो । यसको टायर २० इन्च डायमिटर र ४ इन्च चौडा रहेको छ । यसले सिंगल चार्जमा ५० किलोमिटर सम्मको रेन्ज दिन्छ । यसको मूल्य १ लाख ३५ हजार ९ सय रुपैयाँ छ ।

यी सबै साइकलमा १० हजार रुपैयाँ छुट उपलब्ध गराइएको र हेल्मेट निःशुल्क उपलब्ध गराउनुका साथै गिफ्ट ह्याम्पर समेत प्रदान गरिने युनिटी ट्रेडिङका प्रमुख कार्यकारी निर्देशक चन्द्र प्रकाश श्रेष्ठले बताए । नेपालकै पहिलो ड्युअल सस्पेन्सनयुक्त यी इलेक्ट्रिक साइकल दैनिक प्रयोजनका लागि उपयुक्त हुने र वातावरणमैत्री समेत भएकाले नेपाली बजारमा भित्र्याएको श्रेष्ठले बताए ।

हाल ललितपुरको ग्वार्कोमा यसको सोरुम रहेको छ । काठमाडौं उपत्यका र देशका अन्य भागमा समेत दसैं पश्चात डिलर विस्तार गरिने श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाली बजारमा भित्रिएको बेनेली टीआरके २५१ एड्भेन्चर बाइक

यस्तो छ नेपाली बजारमा भित्रिएको बेनेली टीआरके २५१ एड्भेन्चर बाइक

बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक केटिएम इन्टरनेसनल...

ब्याज नलाग्ने स्किममा बेनेली बाइक, १ लाखसम्म नगद छुट पनि

ब्याज नलाग्ने स्किममा बेनेली बाइक, १ लाखसम्म नगद छुट पनि

बेनेली बाइकको नेपालका लागि अधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ्गले...

नेपालमा बेनेली प्यानेरिया स्कुटरको एक वर्ष पुरा : उही मूल्यमै उपलब्ध

नेपालमा बेनेली प्यानेरिया स्कुटरको एक वर्ष पुरा : उही मूल्यमै उपलब्ध

काठमाडौं – नेपाली बजारमा बेनेलीको नियो रेट्रो स्कुटर ‘प्यानेरिया’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...