बेनेली टीएनटी १५ : चाडपर्वको अफर सहित यसरी लिन सकिन्छ किस्ताबन्दीमा

बेनेलीको नेपाली बजारमा सबैभन्दा सस्तो मोटरसाइकल हो टीएनटी १५ । यसको मूल्य २ लाख ४७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

बेनेलीले यो मोटरसाइकल ३० देखि ५० प्रतिशत सम्म डाउन पेमेन्ट गरेर बाँकी रकम २ वर्ष सम्म मासिक किस्ताबन्दीको रुपमा तिर्न सकिने सुविधा उपलब्ध गराएको छ । यस अनुसार यो मोटरसाइकलका लागि शुरुमा ३० प्रतिशत रकम मात्र बुझाएर बाँकी रकम विस्तारै २ वर्ष भित्र तिर्न सकिन्छ । फाइनान्समार्फत १६ प्रतिशत घट्दो ब्याजदरमा सो रकम उपलब्ध हुन्छ ।

शुरुमा ३० प्रतिशत डाउन पेमेन्टको रुपमा ७४ हजार २५० रुपैयाँ बुझाउन सकिन्छ । त्यसैगरी सेवा शुल्क, इन्स्योरेन्स, नामसारी आदिका लागि थप रकम लाग्ने हुँदा सबै गरी करिव ८८ हजार रुपैयाँ शुरुमा बुझाउनु आवश्यक हुन्छ । यस अनुसार ८८ हजार रुपैयाँ भए बेनेली टीएनटी १५ मोटरसाइकललाई आफ्नो बनाउन सकिन्छ ।

थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर अन्तर्गत विभिन्न छुटको अवसर
नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले हाल चाडपर्वको अवसरमा थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ ।

पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

त्यसैगरी मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको अमेजिङ गिफ्ट प्रदान गरिने छ । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने छ ।

यस्तो छ बेनेली टीएनटी १५
बेनेली टीएनटी १५ मा अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ भने दुवै पांग्रामा डिस्क ब्रेक छ । यसमा १४८ सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले १२.०६ बीएचपी पावर र ११ एनएम टर्क दिन्छ ।

यसको इन्जिनमा ५–स्पिड म्यानुअल गियरबक्स जडान गरिएको छ । यसमा १६ लिटर क्षमताको इन्धन ट्यांकी छ । यसको तौल १४० किलोग्राम छ । यसको ग्राउन्ड क्लियरेन्स १८५ एमएम छ ।

यो बाइकको टप स्पिड १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४० किलोमिटर सम्म माइलेज दिन्छ ।

सम्बन्धित समाचारहरू

बेबी लियोन्सिनो : बेनेलीको सबैभन्दा सानो स्क्र्याम्बलर लियोन्सिनो १२५ सार्वजनिक

बेबी लियोन्सिनो : बेनेलीको सबैभन्दा सानो स्क्र्याम्बलर लियोन्सिनो १२५ सार्वजनिक

बेनेली लियोन्सिनो १२५ अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक गरिएको छ । यो...

बेनेली मोटरसाइकल तथा स्कुटरको खरिदमा २५ हजार नगद छुट

बेनेली मोटरसाइकल तथा स्कुटरको खरिदमा २५ हजार नगद छुट

वेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेश्नल...

टीआरके सिरिजमा अर्को एड्भेन्चर बाइक ल्याउदै बेनेली

टीआरके सिरिजमा अर्को एड्भेन्चर बाइक ल्याउदै बेनेली

बेनेलीले चाँडै टीआरके सिरिजको नयाँ बाइक टीआरके ७०२ एड्भेन्चर ट्विन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...