सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौँ - सरकारले शनिबार देखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको छ ।

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।

हाल पेट्रोल र डिजेलको मूल्यसमेत वृद्धि भएको छ । भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत् राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।

त्यसमा छोटो, मध्यम र लामो दूरीको छुट्टाछुट्टै भाडादर कायम गरिएको छ । नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले रु एक हजार ६९१ भाडा तिर्नुपर्नेछ । काठमाडौँ काँकडभिट्टा जानका लागि रु एक हजार ४७० भाडा लाग्ने भएको छ ।

विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको छ ।

सम्बन्धित समाचारहरू

अन्डरग्राउन्ड पार्किङलाई पार्किङमै प्रयोग गर्न महानगरपालिकाको निर्देशन

अन्डरग्राउन्ड पार्किङलाई पार्किङमै प्रयोग गर्न महानगरपालिकाको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागले...

क्यानाडामा जब ट्रक ड्राइभरलाई कोभिड खोप अनिबार्य गर्ने नियम लागु गरियो

क्यानाडामा जब ट्रक ड्राइभरलाई कोभिड खोप अनिबार्य गर्ने नियम लागु गरियो

क्यानाडामा ट्रक ड्राइभरलाई कोभिड खोप अनिबार्य पार्ने सरकारी नियमसंगै...

इन्ड्राइभ, पठाओले अबदेखि पोखरा विमानस्थल भित्रबाटै यात्रुलाई सेवा दिन सक्ने

इन्ड्राइभ, पठाओले अबदेखि पोखरा विमानस्थल भित्रबाटै यात्रुलाई सेवा दिन सक्ने

काठमाडौं – पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...