नेपालमा ३ सय बढी यूएन स्ट्यान्डर्ड हेल्मेट वितरण गरिने अभियानको थालनी

काठमाडौं – इन्टरनेसनल फेडेरेसन अफ अटोमोबाइल (एफआईए) को सहयोग र वर्ल्ड बैंकसँगको सहकार्यमा नेपालमा पहिलो पटक ‘सेफ एन्ड अफोर्डेबल हेल्मेट’ अभियान संचालनको घोषणा भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्रारा संचालन गरिने अभियान अन्तर्गत नेपालभरी विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरि ३ सय बढी यूएन स्ट्यान्डर्ड हेल्मेट वितरण गरिने भएको छ ।

आज एक कार्यक्रमका बिच वर्ल्ड बैंकका उपाध्यक्ष हार्टविग साफर, एफआईए रोड सेफ्टी एन्ड ग्लोबल एड्भोकेसी हेड लुका पासकोटो, पूर्वमन्त्री तथा सांसद योगेश भट्टराई, प्रतिनिधि सभा विकास तथा प्रविधि कमिटि सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुवेदी, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव रबिन्द्रनाथ श्रेष्ठ, वर्ल्ड बैंक नेपालका कन्ट्री डाइरेक्टर फारिस हदाद–जर्भोस लगायत विभिन्न निकायका उच्च पदाधिकारीहरुको उपस्थितिमा उक्त अभियानको थालनी भएको छ ।

नासा फाउन्डेसन नेपालकी अध्यक्ष भगवती सेढाईद्वारा संचालित कार्यक्रमको शुरुवातमा नासा नेपालको तर्फबाट गोविन्द भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने एफआईए अध्यक्ष जोन टडले भर्चुअल माध्यमबाट शुभकामना सन्देश दिएका थिए ।

त्यस्तै वर्ल्ड बैंकको तर्फबाट हार्टविग साफरले सडक दुर्घटनाले नेपालको अर्थ तन्त्रमा पारेको प्रभाव र त्यसका रोकथामका लागि चालिनु पर्ने आवश्यक कदम बारे अवगत गराएका थिए ।

त्यसै गरि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य योगेश भट्टराई, रंगमती शाही, इन्दु शर्मा, भावना सुबेदी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्रनाथ श्रेष्ठले सडक सुरक्षाको क्षेत्रमा क्रियाशील ढङ्गले अघि बढ्दै आगामी दिनमा सोही अनुरुप रही कार्ययोजना बनाउने समेत जानकारी दिए ।

सो अवसरमा उपस्थित अतिथिहरुले एफआईएद्वारा प्रदान गरिएको यूएन स्ट्यान्डर्ड हेल्मेट सार्वजनिक गर्दै विभिन्न लक्षित समुहका प्रतिनिधि सेफ एन्ड सस्टेनेबल ट्रान्सपोर्ट नेपालका हेमन्त तिवारी, नेसनल फेडरेसन अफ डिजेबल्ड नेपालकी देवु पराजुली, हाइयर इन्स्टिच्युसन एन्ड सेकेन्डरी स्कुल्स एसोसिएसन अफ नेपालका रामहरी सिलवाललाई प्रदान गरे ।

नेपालमा बढ्दो दुईपांग्रे सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना पछि हुने क्षतिलाई न्यूनीकरण गर्न, सुरक्षित हेल्मेट प्रयोगको चेतना जनस्तरमा फैलाउन र हेल्मेटको राष्ट्रिय मापदण्डको कार्यान्वयनमा जोड दिदै मोटरसाइकल चालक तथा पछाडि बस्ने यात्रुले समेत अनिवार्य रुपमा हेल्मेट प्रयोग गर्ने ऐनको व्यवस्थालाई कर्यान्वयनमा लैजान पहल गर्ने उदेश्यले सो अभियान संचालन गरिएको नासाका महासचिव सुशील तण्डुकारद्वारा हस्ताक्षरित विज्ञप्तिमा बताइएको छ ।

सम्बन्धित समाचारहरू

उपत्यकामा आज पनि निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि ताेकियाे समय

उपत्यकामा आज पनि निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि ताेकियाे समय

काठमाडौं – पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको...

मधेश प्रदेशमा दर्ता भएका सवारी साधनमा शतप्रतिशत जरिवाना छुट

मधेश प्रदेशमा दर्ता भएका सवारी साधनमा शतप्रतिशत जरिवाना छुट

 सवारी साधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले...

भारतले नेपाललाई दियो ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

भारतले नेपाललाई दियो ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...