दसैंका लागि जिपको लिजेन्ड्री अफर : ७ प्रतिशत ब्याजदर, २० प्रतिशत डाउन पेमेन्ट

काठमाडौं – नेपालमा जिपको आधिकारिक वितरक लाइफ अटोमोबाइल्सले यो वर्षको दसैंलाई मध्यनजर गरी नयाँ जिप कम्पासमा लिजेन्ड्री अफर ल्याएको छ । नेपालमा केही समय देखि उपलब्ध भएको जिपको नयाँ फेसलिफ्ट मोडलका लागि यो अफर उपलब्ध गराइएको छ ।

जिप एउटा लिजेन्ड्री लाइफ झल्काउने ब्रान्ड भएको र धेरैको रुचिकर ब्रान्ड भए पनि कमैले मात्र यो ब्रान्डलाई आफ्नो बनाउने क्षमता राख्छन् । यही कुरालाई मनन गरी लाइफ अटोमोबाइल्सले नयाँ जिप कम्पास ६.९९ प्रतिशत ब्याजदरको फाइनान्स सुविधामा बाँकी रकम तिर्न सकिने गरी २० प्रतिशत मात्र शुरुमा डाउन पेमेन्ट गरे हुने व्यवस्था मिलाएको छ ।

नयाँ जिप कम्पास पेट्रोल इन्जिनमा ३ भेरिएन्ट नेपालमा उपलब्ध छ । यसको मूल्य ८४ लाख ९० हजार देखि १ करोड ११ लाख ९० हजार रुपैयाँ छ । त्यसैगरी डिजेल इन्जिनमा ६ भेरिएन्ट उपलब्ध छ र यसको मूल्य ९९ लाख ९० हजार देखि १ करोड ३६ लाख ९० हजार रुपैयाँ सम्म छ ।

नयाँ जिप कम्पास फेसलिफ्ट हेर्दा धेरै पहिले जस्तै देखिन्छ । तर पनि कम्पनीले कम्पासको क्याबिन र सुविधाहरूमा ठूला परिवर्तनहरू गरेको छ। केही साना परिवर्तनहरू २०२१ जिप कम्पास फेसलिफ्टको बाहिरी भागमा गरिएको छ ।

यसमा केही सामान्य कस्मेटिक परिवर्तन गरिएको छ भने ७ स्लट ग्रिलमा पनि केही परिवर्तन गरिएको छ । त्यसैगरी अघिल्लो र पछिल्लो बम्परमा परिवर्तन गरिएको छ भने फराकिलो हनिकम्ब मेस एयरड्याम उपलब्ध छ ।

यसको क्याबिनमा नयाँ ड्यासबोर्ड दिइएको छ, जुन १०.१ इन्चको ठूलो आकारको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमका साथ उपलब्ध छ । यसमा अझै राम्रो अपहोल्स्ट्री छ भने स्टेयरिङ ह्विल पनि नयाँ खाले छ । त्यसैगरी अपडेटेड इन्स्ट्रयुमेन्ट प्यानल उपलब्ध छ भने सेन्ट्रल कन्सोलको स्टोरेज क्षमता पनि बढाइएको छ ।

यसको फिचरमा भएको सबैभन्दा ठूलो परिवर्तन नै १०.१ इन्चको टचस्क्रिन युनिट हो, जुन १० इन्चको एचडी इन्स्ट्रयुमेन्ट क्लस्टर डिस्प्लेका साथ आउछ । यो एफसीएको नयाँ यूकनेक्ट ५ प्रविधिमा आधारित छ र एन्ड्रोइडमा काम गर्छ । यसमा कनेक्टेड फिचर दिइएको छ, जसमा भ्वाइस कमान्ड असिस्ट र ओभर द एयर अपडेट उपलब्ध हुन्छ । सो एसयूभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

पहिले जस्तै जिप कम्पास फेसलिफ्टमा पनि ७ एयरब्याग, एबीएस र ईबीडी, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ब्रेक असिस्ट, टेरेन मोड, हिल असिस्ट र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।

नयाँ जिप कम्पास फेसलिफ्ट १.४ लिटर, फोर सिलिन्डर, मल्टी एयर पेट्रोल इन्जिन वा २.० लिटर फोर सिलिन्डर मल्टी जेट डिजेल इन्जिनका साथ उपलब्ध छ । पेट्रोल इन्जिनमा ६–स्पिड म्यानुअल वा ९–स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन विकल्प हुनेछ भने डिजेल इन्जिनमा ६–स्पिड म्यानुअल वा ७–स्पिड ड्युअल क्लच ट्रान्समिसनको विकल्प हुनेछ । टर्बो पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क र डिजेल इन्जिनले १७३ एचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

कुशाक र टाइगुनले नयाँ नियम अनुसारको क्रयास टेस्टमा पाए फाइभ सेफ्टी स्टार रेटिङ

कुशाक र टाइगुनले नयाँ नियम अनुसारको क्रयास टेस्टमा पाए फाइभ सेफ्टी स्टार रेटिङ

स्कोडा कुशाक र फक्सवागन टाइगन दुबै मिड साइज एसयूभी हुन् । दुबै मोडलको...

जिपको ५०औं वार्षिकोत्सवमा सार्वजनिक भिडियोमा देखियो अन्डरवाटर कार (भिडियो सहित)

जिपको ५०औं वार्षिकोत्सवमा सार्वजनिक भिडियोमा देखियो अन्डरवाटर कार (भिडियो सहित)

अमेरिकी कार निर्माता कम्पनी जिपले यो महिना स्थापनाको ८०औं वर्ष मनाइरहेको...

स्कोडाले २०२६ सम्ममा ६ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, सुपर्व र कोडियाक हाइब्रिड इन्जिनमा आउने

स्कोडाले २०२६ सम्ममा ६ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, सुपर्व र कोडियाक हाइब्रिड इन्जिनमा आउने

स्कोडा अटोले आफ्नो भावी योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत २०२५ सम्म ६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...