संविधान दिवसमा यी अटोमोबाइल व्यवसायीले पाए सरकारबाट सम्मान

काठमाडौं – संविधान दिवसको अवसर पारेर विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित हुनेहरुमा अटोमोबाइल व्यवसायीहरु समेत परेका छन् । सम्मानित हुने अटोमोबाइल व्यवसायीहरुमा शेखर गोल्छा, विष्णुकुमार अग्रवाल, शिब रतन शारडा, शाहिल अग्रवाल र मोतिलाल दुगड रहेका छन् ।

जसमध्ये बजाज, केटीएम र सर्भो लुब्रिकेन्ट्स लगयात अन्य अटोमोबाइल ब्रान्डको समेत कारोबार गर्दै आइरहेको कम्पनी गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा सुप्रबल जनसेवा श्रीबाट सम्मानित भएका छन् । उनी हाल नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत छन् ।

त्यसैगरी यामाहा, स्कोडा, जिप र जेसीबी लगायत अन्य ब्रान्डको कारोबारमा संलग्न एमएडब्लु ग्रुप अफ कम्पनिजका अध्यक्ष विष्णुकुमार अग्रवाल पनि सुप्रबल जनसेवा श्रीबाट सम्मानित भएका छन् । उनी नेपाल उद्योग परिसंघका अध्यक्ष समेत हुन् ।

निसान, ड्याटसन र चेरी ब्रान्डको कारोबार गर्ने शारडा ग्रुपका अध्यक्ष शिब रतन शारडा र टीभीएस, प्रोटोन र केस ब्रान्डको हेभी इक्विपमेन्टको कारोबार गर्दै आइरहेको शंकर ग्रुपका निर्देशक शाहिल अग्रवाल समेत सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित भएका छन् ।

अर्का चर्चित अटोमोबाइल व्यवसायी मोतीलाल दुगड भने प्रबल जनसेवा श्रीबाट सम्मानित भएका छन् । उनी अध्यक्ष रहेको दुगड ग्रुपले नेपाली बजारमा महिन्द्रा कमर्सियल भेइकल सहित रोयल इन्फिल्ड, भेस्पा र अप्रिलिया मोटरसाइकलको कारोबार गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

यी हुन् नेपालमा भएका १५ सय सीसी माथिका कार र एसयूभी, १० लाख सम्म मूल्य बढ्न सक्ने

यी हुन् नेपालमा भएका १५ सय सीसी माथिका कार र एसयूभी, १० लाख सम्म मूल्य बढ्न सक्ने

आगामी आर्थिक वर्षको बजेटमा सरकारले १५ सय सीसीमाथीका कारमा ७ प्रतिशत...

निसान म्याग्नाइटद्वारा ग्लोबल एनक्याप क्र्यास टेस्टमा ५ सेफ्टी स्टार हासिल

निसान म्याग्नाइटद्वारा ग्लोबल एनक्याप क्र्यास टेस्टमा ५ सेफ्टी स्टार हासिल

निसान इन्डियाले अक्टोबर २०२४ मा नयाँ निसान म्याग्नाइट लन्च गरेको थियो,...

विश्वमा ५ लाख बढी बिक्री भइसकेको र सुरक्षित इलेक्ट्रिक कार टेस्ट ड्राइभ गर्ने अवसर आजदेखि

विश्वमा ५ लाख बढी बिक्री भइसकेको र सुरक्षित इलेक्ट्रिक कार टेस्ट ड्राइभ गर्ने अवसर आजदेखि

काठमाडौं – जापानी कार निर्माता कम्पनी निसानको विद्युतीय कार ’निसान लिफ’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...