ह्यावल जोलियन मोडलमा आकर्षक फिचर सहितको टप भेरिएन्ट नेपाल ल्याउँदै भीजी इम्पेक्स

काठमाडौं – नेपालमा ग्रेटवाल र ह्यावलका गाडीहरु बिक्री–वितरण गरिरहेको भीजी इमपेक्सले हाल बजारमा उपलब्ध ह्यावल जोलियनको टप भेरिएन्ट नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

आफ्नो कर्पोरेट फिलोसफी ‘इमप्रुभिङ लिटल बाई लिटल एभ्रिडे’ लाई अनुसरण गर्दैै यसले ग्राहकको यात्रालाई अझ विलासी बनाउने कम्पनीको भनाइ छ । ६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको ह्यावल विगत ११ वर्ष देखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्रान्ड हो ।

कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित जोलियनले गाडीहरुमा नयाँ सोचलाई मूर्तरुप दिएको कम्पनीको भनाइ छ । यसमा प्रयोग गरिएको १८ इन्चको आल्मुनियम अलोय ह्विल, ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टिल बडीदेखि सिक्स–वे इलेक्ट्रिक एड्जस्टेबल सिट समेतले यसको परिष्कृत निर्माणमा कुनै कमी महशुस हुन नदिएको बताइन्छ । यसको प्यानोरामिक सनरुफ र ड्युअल जोन अटो एसीले आरामदायी यात्रामा भव्यता थप्न मद्दत गर्दछ ।

१.५ लिटरको टर्बो पेट्रोल इन्जिन, ६ ओम्नी डाइरेक्सनल एयरब्यागको सुरक्षा, ३६० डिग्री भ्यु, ब्लाइन्ड स्पट मोनिटरिङ र हाइ होल्ड कन्ट्रोल तथा हिल डिसेन्ट कन्ट्रोल भएको जोलियनको निर्माण नै सुरक्षालाई ध्यानमा राखेर गरिएको कम्पनीको भनाइ छ । यसको आकर्षक हेड–अप डिस्प्ले (एचयूडी) ले गाडीको गति आदिको सूचना दिएर यात्रालाई सुरक्षित बनाउँछ ।

अभिनव सोच भएकाहरुद्वारा डिजाइन गरिएको सो एसयूभीलाई उच्च प्रदर्शन गर्ने प्रविधिले जीवन्त बनाउँछ । एप्पल कारप्ले र एन्ड्रोइड अटोसहितको १२.३ इन्च स्मार्ट टचस्क्रिन जस्तो यात्रालाई आरामदायी बनाउने फिचरहरुले व्यस्त दैनिकीमा विलासिता थप्नेछ ।

नेपाली बजारमा ह्यावल जोलियनको स्टार्टिङ र हाई भेरिएन्ट अर्थात एमटी र एटी पहिले नै उपलब्ध छ र पारखीहरुबाट सकारात्मक समीक्षा पाइरहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

नवीनता र प्रविधिलाई नयाँ उचाइमा लैजाने आशा गरिएको चाङ्गन युनि–भी, आउन सक्छ नेपाल

नवीनता र प्रविधिलाई नयाँ उचाइमा लैजाने आशा गरिएको चाङ्गन युनि–भी, आउन सक्छ नेपाल

‘ह्वेन इन्टेलिजेन्स गेट्स स्मार्टर, द फिलिङ्स गेट्स वान्ली टु यु’ भन्ने...

बेस भेरिएन्टमा हुन्डाई क्रेटा र स्कोडा कुशाक मध्ये कुन उत्तम, यस्तो हुन सक्छ सम्भावना

बेस भेरिएन्टमा हुन्डाई क्रेटा र स्कोडा कुशाक मध्ये कुन उत्तम, यस्तो हुन सक्छ सम्भावना

एसयूभी सेग्मेन्टमा मार्केट लिडर हुन्डाई क्रेटालाई पछिल्लो समय भित्रिएका...

इलेक्ट्रिक क्रसओभरको रुपमा २०२४ मा पुनरागमन गर्दै फिएट पान्डा

इलेक्ट्रिक क्रसओभरको रुपमा २०२४ मा पुनरागमन गर्दै फिएट पान्डा

अर्को वर्ष अर्थात जुलाई ११, २०२४ मा फिएटको १२५औं वार्षिकोत्सव हो । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...