पठाओले ल्यायो दशैं महोत्सव : राइडरले टीभीएस अपाचे बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

काठमाडौं – राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्ष्यित गरि ‘पठाओ दशैँ महोत्सव’ घोषणा गरेको छ । महोत्सवमा राइडरले टीभीएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका रहेको छ ।

असोज १ गते देखि २० सम्म चल्ने महोत्सवमा हरेक हप्ता पाँच जना टप राइडर, तीन जना टप क्यापटेन र एक जना टप फुडम्यानलाई उपहार प्रदान गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

यो २० दिनको महोत्सव अन्तर्गत हरेक हप्ता राइडर, फुडम्यान र क्याप्टेन (ट्याक्सी चालक)ले पहिलो उपहार मोबाइल, दोस्रो उपहार टिभी, तेस्रो उपहार फ्रिज, चौथौं उपहार भ्याकुम क्लिनर र पाचौँ उपहारमा मिक्सर जित्न सक्नेछन् ।

महोत्सवको अन्तिममा ३ हप्ताका विजेताहरूबाट एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत टीभीएस अपाचे आरटीआर १६० २भी प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट तीन पठाओ सेवाग्राहीले आइफोन १२ प्रो मोबाइल जित्ने अवसर प्राप्त गर्नेछन् ।

राइडर, क्याप्टेन र फुडम्यानले उपहार जित्नको लागि धेरै भन्दा धेरै ट्रिप अथवा डेलिभरी गरेको हुनुपर्नेछ । त्यस्तै राइडर र फुडम्यानले पठाओको ‘रुल बुक’ अनिवार्य रुपमा अनुसरण गरेको हुनुपर्नेछ । रुल बुक अनुसरण नगर्ने राइडर अथवा फुडम्यान ’सस्पेन्ड’ पनि हुनसक्ने बताइएको छ ।

राइडर वा फुडम्यानले आफैँले आफूलाई राइड वा फुड रिक्वेस्ट गरेमा त्यो मान्य हुनेछैन । त्यसैगरी आफ्नै साथीभाईहरू मिली राइड वा फुड रिक्वेस्ट पनि गर्न पाइने छैन भने कुनै ग्राहक बिना नै राइड सुरु र अन्त्य गर्न पाइने छैन अथवा रिक्वेस्ट आएको स्थानमा नपुगी राइड इन्ड गर्न पाइनेछैन । साथै कुनै पनि राइडरले अफलाइन ट्रिप गर्न पाइने छैन ।

पठाओ सेवाग्राहीले यो महोत्सवमा उपहार जित्नको लागि २० दिनको अवधि भित्र बाइक राइड, ट्याक्सी राइड, फुड वा पठाओ बजार गरी कम्तीमा २० पटक एप प्रयोग गरी पठाओको सेवा प्रयोग गरेको हुनुपर्नेछ । साथै सेवाग्राहीको एपमा आधिकारिक नाम र जन्ममिति उल्लेख भएको हुनुपर्नेछ ।

‘कोभिडले सबैलाई असर गरेको छ । हाम्रो व्यवसाय पनि त्यसबाट टाढा रहने कुरा भएन। दैनिक कामले गुजारा गर्ने हाम्रा राइडर, क्याप्टेन र फुडम्यान साथीहरुलाई झन असर गरेको छ ।’ पठाओ नेपालको मार्केटिङ हेड सुरक्षा हमाल थप्छिन्, ‘कोभिडको समयमा पनि उहाँहरुले काममा खटेर सेवाग्राहीको दैनिकी सहज बनाउन देखाएको मेहनत र उत्साहलाई सम्बोधन गर्दै दशै महोत्सव सार्वजनिक गरिएको हो ।’

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो । सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको छ ।

सम्बन्धित समाचारहरू

धरहरा क्षेत्रको पार्किङ व्यवस्थापन अब काठमाडौं महानगरले गर्ने

धरहरा क्षेत्रको पार्किङ व्यवस्थापन अब काठमाडौं महानगरले गर्ने

काठमाडौं – काठमाडौंको प्रसिद्ध धरहरा क्षेत्रको सवारी साधन पार्किङको...

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ । काठमाडौं...

बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँको कति ?

बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँको कति ?

काठमाडौं – सरकारले हिजोदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...