विश्वमा ५ लाख बढी बिक्री भइसकेको र सुरक्षित इलेक्ट्रिक कार टेस्ट ड्राइभ गर्ने अवसर आजदेखि

काठमाडौं – जापानी कार निर्माता कम्पनी निसानको विद्युतीय कार ’निसान लिफ’ अब काठमाडौँमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ । नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निसान लिफको टेस्ट ड्राइभ सुरुवात गर्न लागेको हो ।

आज भाद्र २८ गते देखि शुरु भएर आगामी असोज ४ गते सम्म चल्ने ’निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ मा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गर्न सक्ने छन् । सो अवसरमा विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, पुराना गाडीको भ्यालुएसन सुविधा र आवश्यक फाइनान्स सुविधा पनि पाउने व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ ।

निसानको काठमाडौँको थापाथली तथा उत्तर ढोका शोरूममा बिहान १० बजे देखि उक्त सप्ताह सुरु हुनेछ ।

अहिलेको परिस्थितिमा निसानले एउटा वातावरण मैत्री सवारी साधनलाई नेपाल प्रबेश गराउनुलाई ग्राहकबर्गहरुले एउटा सराहनीय कदमको रुपमा लिएको कम्पनीले जनाएको छ ।

नेपाल भित्रिनु भन्दा पहिले नै यो गाडीको विश्वभर १० बर्षभन्दा बढी परीक्षण भैसकेको छ । यस अवधिमा विश्वमा ५ लाख भन्दा बढी निसान लिफ बिक्री भैसकेको छ भने निसान लिफले विश्वभर १२ अर्ब किलोमिटरको यात्रा तय गरिसकेको छ ।

निसान लिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ । यस गाडीको ४ ड्राइभिङ मोड तथा एबीएस, ईबीडी तथा बीए जस्ता विश्वस्तरिय सुरक्षा मापदण्डहरुले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको छ । यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जानकारी दिएको छ ।

निसान लिफको ब्याट्रीमा कम्पनीले ८ बर्षको वारेण्टी प्रदान गरिरहेको छ । निसान लिफ ४० किलोवाट आवर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ किलोमिटर सम्मको दुरी तय गर्न सक्छ । यसको इलेक्ट्रिक मोटरले १५० पीएस पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ ।

निसान लिफले ० देखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड लिन ७.५ सेकेन्ड मात्र लगाउछ र यसको अधिकतम गति १४० किलोमिटर प्रतिघण्टा छ ।

नेपालमा एउटा अत्याधुनिक तथा वातावरणमैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि कम्पनीले निसान लिफ भित्र्याएको बताएको छ । निसान लिफको मूल्य नेपाली बजारमा ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

विश्वकप क्रिकेट अन्तर्गत नेपाली टिमको हरेक रनमा ओमोडाले रुख रोप्ने

विश्वकप क्रिकेट अन्तर्गत नेपाली टिमको हरेक रनमा ओमोडाले रुख रोप्ने

काठमाडौं – ओमोडा ईभीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

इलेक्ट्रिक अफरोड एसयूभी जेको जे६ नाडा अटो शोमा सार्वजनिक हुने

इलेक्ट्रिक अफरोड एसयूभी जेको जे६ नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं– चेरी अन्तर्गतको प्रिमियम ईभी ब्रान्ड जेको नेपाल आउने भएको छ ।...

चर्चामा दुई इलेक्ट्रिक ह्याचब्याक, वुलिङ बिंगो र टाटा टियागोमा कुन किन्ने ?

चर्चामा दुई इलेक्ट्रिक ह्याचब्याक, वुलिङ बिंगो र टाटा टियागोमा कुन किन्ने ?

विगत लामो समययता ओझेलमा पर्दै आएको ह्याचब्याक सेग्मेन्ट ईभीको आगमनसँगै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...