मुलकोटमा दीगोको चार्जिङ स्टेसन उद्घाटन, राजमार्गमा चल्ने विद्युतीय सवारीलाई सेवा दिने

काठमाडौं – दीगो ग्रुप अफ कम्पनीजले सिन्धुलीको सुनकोसी गाउँपालिकाको मुलकोटमा सफलतापूर्वक चार्जिङ स्टेसन उद्घाटन गरेको छ । दीगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दीगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ । अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ । यो चार्जरले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ । उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने तथा नेपाल विद्युत प्राधिकरण खुर्कोट शाखा प्रमुख संगीता थापा मगरको समेत उपस्थिति थियो ।. साथै कार्यक्रममा रोयल बिजया किल्ला समिति र कुशेश्वर यातायात समितिका पदाधिकारीहरु, सो क्षेत्रका समाजसेवी तथा यातायात व्यवसायीहरुको पनि उपस्थिति थियो ।

दीगो ग्रुप अन्तर्गतको एनईभी नेपालका सीईओ दिपक थापाले प्राधिकरण शाखा प्रमुख एवम प्रमुख प्रशासकीय अधिकृत, समितिका अध्यक्ष एवम व्यवसायी तथा होटेल सन्चालक रामहरि पौडेलबाट संयुक्त रूपमा सो चार्जिङ स्टेसनको उद्घाटन गरे ।

अहिले काठमाडौं–सिन्धुली रुटमा दीगोबाट बिक्री गरिएका विद्युतीय माइक्रोबसहरु संचालनमा रहेका छन् । डिफएसके ब्रान्डको सो विद्युतीय सवारी साधन २५० किलोमिटर रेन्ज भएको ११ सिटको माइक्रो बस हो ।

मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटल परिसरमा जडान गरिएको छ । यात्रुहरुले होटलमा खाना/खाजा खाँदै गर्दा सवारी साधन चार्ज गर्न सकिनेछ । फास्ट चार्जरले विद्युतीय माइक्रो बसहरुलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै खेप यात्रु ओसार्ने अवसर प्रदान गर्नेछ ।

दीगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ। निकट भविष्यमै पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेसन जडान गर्ने कम्पनीको योजना भएको बताइएको छ । दीगो चार्ज प्वाइन्ट निजी क्षेत्रबाट भएको महत्वपूर्ण पहल हो, जसले विद्युतीय सवारी साधनलाई मुलुकका विभिन्न भागको यात्रा गर्न सक्ने बनाउँछ भने यात्रुले वातावरण मैत्री विद्युतीय साधनको रेन्जबारे चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य गर्ने कम्पनीको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...