एस्कर्ट्स ब्रान्ड नेपालमा स्थापित, आइएमई अटोमोटिभ्सले पायो बेस्ट पर्फमिङ व्यापार अवार्ड

काठमाडौं – एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटौं अन्तर्राष्ट्रिय दिवसको अवसरमा एस्कर्ट्सको नेपालका लागि आधिकारिक वितरक आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड प्रदान गरिएको छ ।

हालै भारतमा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्ट्सका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्वारा विश्वभरिका एस्कर्ट्स डिरलशीप मध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ बिजनेश पार्टनरको रुपमा सम्मानित गरिएको हो । अघिलो वर्षमा आइएमईले गरेको मार्केट शेयरको वृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्टि र एस्कर्ट्स ब्राण्डलाई नेपालमा स्थापित गर्न ठुलो भूमिका खेलेको हुनाले आइएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएकोे प्रमुख कार्यकारी अधिकृतले बताए ।

आइएमई अटोमोटिभ्स हेभी इक्विपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबार गर्ने वितरकको रुपमा रहेको अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । बेस्ट पर्फमिङ अर्वाड आइएमई अटोमोटिभ्स टिमको मिहिनेत र कुशल कार्यक्षमता प्रमुख रहेको कुरामा जोड दिँदै सबै टिमलाई यस अवार्डको लागि उनले धन्यवाद पनि दिए ।

हेमन्त पुरानिक हालै आइएमई अटोमोटिभ्समा प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रवेश गरेका हुन् । उनले कार्यभार सम्हाले पश्चात यो पहिलो अन्तर्राष्ट्रिय उपलब्धि हो ।

आइएमई अटोमोटिभ्सले एस्कर्ट्स ब्राण्डको ब्याकोहो लोडर, हाइड्रा क्रेनका साथै कम्प्याक्टर सेगमेन्टका मेसिनहरु नेपालभरी बिक्री–वितरण गर्दै आएको छ । आफ्नो नेपालभरका ११ वटा शोरुम र शाखाहरुबाट सेल्स, सर्भिस र स्पेयर्सको सुबिधा पनि दिँदै आएको कम्पनीले जनाएको छ । एस्कर्ट्सको पिक एण्ड क्यारी क्रेन विश्वकै नम्बर १ मेशिन पनि रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले नेपाली बजारमा ल्यायो लेपावर जेनसेट

आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले नेपाली बजारमा ल्यायो लेपावर जेनसेट

काठमाडौँ – कमर्सियल सवारी साधन र पावर सोलुसनको क्षेत्रमा परिचित कम्पनी...

सानेपामा खुल्यो अशोक लेल्यान्डको एक्स्क्लुसिभ रिटेल पार्ट्स आउटलेट ‘सासा अटोमोटिभ’

सानेपामा खुल्यो अशोक लेल्यान्डको एक्स्क्लुसिभ रिटेल पार्ट्स आउटलेट ‘सासा अटोमोटिभ’

काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रमा सुपरिचित ब्रान्ड अशोक लेल्यान्डले...

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट आइएमई माेटर्स सम्मानित

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट आइएमई माेटर्स सम्मानित

काठमाडौँ – आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...