रोयल इन्फिल्ड बुलेट ३५० थप उपकरण सहित लन्च हुँदै, पहिले नै डिटेल्स लिक
रोयल इन्फिल्डको लोकप्रिय बाइक बुलेट विगत केही दशकदेखि सबैको मनपर्ने बाइक...
रोयल इन्फिल्डको २०२१ क्लासिक ३५० बुलेट लन्च गरिएको छ । यसको सुरुवाती एक्स शोरुम मूल्य १ लाख ८४ हजार भारु तोकिएको छ । कम्पनीले यसको पुरानो मोडलको तुलनामा केही कस्मेटिक परिवर्तन गरेको छ । कम्पनीले सो बुलेट ५ भेरिएन्टमा लन्च गरेको छ ।
इन्जिन
बुलेटमा नयाँ जे प्लेटफर्म ३४९ सीसी इन्जिन उपलब्ध रहेको छ । जसलाई ३४६ सीसी यूसीई इन्जिनमा रिप्लेस गरिएको छ । कम्पनीका अनुसार यसको इन्जिन मेटियर ३५० जस्तो छ । यद्यपि यसमा इग्निसन टाइमिङ, एक्जस्ट लेआउट र फ्युलिङ म्याप रहेको छ । पुरानो क्लासिकमा भएको पुसरड भल्व सिस्टमको स्थानमा एसओएचसी टु–भल्व हेड जडान गरिएको छ । सो इन्जिनले २०.३ एचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिनलाई ५ स्पिड गियरबक्सको साथमा जोडिएको छ ।
च्यासिस
रोयल इन्फिल्डले बुलेटको च्यासिसमा पनि परिवर्तन गरेको छ । २०२१ मोडलमा सिंंगल क्रेडल फ्रेमलाई डबल डाउनट्युब युनिटमा परिवर्तन गरिएको छ । नयाँ क्लासिकमा ४१ एमएम टेलिस्कोपिक फोर्क उपलब्ध रहेको छ । २०२१ क्लासिक ३५० को ग्राउन्ड क्लियरेन्स ३५ एमएम बढाएर १७० एमएम गरिएको छ । सडकमा राम्रो कन्ट्रोलको लागि यसमा ३०० एमएमको फ्रन्ट डिस्क र रियरमा २७० एमएमको रोटर डुअल च्यानल एबीएस समावेश गरिएको छ । सिंगल च्यानल एबीएस मोडलको रियरमा ड्रम ब्रेकको प्रयोग गरिएको छ ।
फिचर
२०२१ क्लासिक ३५० मा अपडेट इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश गरिएको छ । जसमा पहिलो पटक एलसीडी फ्युल गेज उपलब्ध रहेको छ । यसमा दुई ट्रिप मिटर समावेश गरिएको छ । टप स्पेक क्रोम भेरिएन्ट पनि ट्रिपर नेभिगेसन डिस्प्लेको साथमा उपलब्ध रहेको छ । यसलाई राइडरको स्मार्टफोनको मदतले कनेक्ट गरी गुगल म्याप डेटाको प्रयोग गरिन्छ र नेभिगेसन सम्बन्धी सबै जानकारी देखाउँछ । बाइकको चारैतिर अपडेट लाइट पनि समावेश गरिएको छ । साथै यसमा अपडेट गरेको स्विचगियर समावेश गरिएको छ ।
रोयल इन्फिल्डको लोकप्रिय बाइक बुलेट विगत केही दशकदेखि सबैको मनपर्ने बाइक...
रोयल इन्फिल्डले हालै आफ्नो नयाँ स्क्रायाम्बलर बाइक स्क्राम ४११ लन्च गरेको...
काठमाडौं – रोयल इनफिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ आयोजना भएको छ । रोयल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...