१०औं वार्षिकोत्सवमा रेनोले ल्यायो थप सुरक्षासहित क्विडको नयाँ भर्सन एमवाई२१

रेनो इन्डियाले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा अल न्यु क्विड एमवाई२१ लन्च गरेको छ । हाल बजारमा छोटो दुरीको यात्राको लागि क्विडको सानो कार क्विड उपलब्ध रहेको छ । क्विड एमवाई२१ मा कैयौ सेफ्टी फिचर समावेश गरिएको छ । साथै क्विड एमवाई२१ मोडललाई निकै आकर्षक बनाइएको छ ।

क्विडको सबै भेरिएन्टमा पहिला देखि नै ड्युअल फ्रन्ट एयरब्याग स्ट्यान्डर्ड रुपमा उपलब्ध रहेको छ । क्विड एमवाई२१ क्लाइम्बर एडिशनमा ह्वाइट वडी कलर र ब्ल्याक रुफमा ड्युअल टोन एक्सटेरियर उपलब्ध हुनेछ । यसमा इलेक्ट्रिक साइड मिरर र डे नाइट रियर भ्यु मिरर पनि उपलब्ध रहेको छ । कारको फ्रन्ट ड्राइभर साइडमा पायरोटेक र प्रिटेन्सनर्स समावेश गरिएको छ । जसले गर्दा यसको सेफ्टी पहिलाको भन्दा बढेको छ ।

क्विड एमवाई२१ मा ०.८ लिटर र १.० लिटर इन्जिन विकल्पमा उपलब्ध हुनेछ । यसमा म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिशन उपलब्ध हुनेछ । यसको स्ट्यान्डर्ड भेरिएन्टमा डुअल एयरब्याग उपलब्ध हुनेछ ।

अल न्यु क्विड एमवाई२१ एडिसनमा ग्राहकको लागि नयाँ सम्भावनाहरु बढ्ने कम्पनीले विश्वास गरेको छ । साथै कम्पनीले कारको फरक फरक भेरिएन्टमा ८० हजार भारु र ग्राहकको लागि १ लाख १० हजार भारु रोयल्टी फाइदा दिने घोषणा गरेको छ ।

यसको मूल्य ४ लाख ६ हजार ५ सय देखि ५ लाख ५१ हजार ५ सय भारु सम्म तोकिएको छ ।

सम्बन्धित समाचारहरू

असार ३१ गते नेपाली बजारका लागि रेनो काइगर सार्वजनिक हुने

असार ३१ गते नेपाली बजारका लागि रेनो काइगर सार्वजनिक हुने

काठमाडौं – आगामी असार ३१ गते बिहीबार नेपाली बजारमा रेनो काइगर सार्वजनिक...

रेनो डस्टरको पुनरागमन, हाइब्रिडसहित दमदार फिचर

रेनो डस्टरको पुनरागमन, हाइब्रिडसहित दमदार फिचर

रेनो इन्डियाले आफ्नो लोकप्रिय एसयूभी रेनो डस्टरको तेस्रो जेनेरेसन मोडल...

अपग्रेड भएर आयो रेनो काइगर, यस्तो छ विशेषता

अपग्रेड भएर आयो रेनो काइगर, यस्तो छ विशेषता

रेनो इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी काइगरको फेसलिफ्ट लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...