यस्तो हुनेछ रोयल इन्फिल्डको सबैभन्दा सानो र कम मूल्यको बाइक
रोयल इन्फिल्डले आफ्नो नयाँ बाइक हन्टर ३५० लन्च गर्ने तयारी गरेको छ । ३५०...
२०२१ रोयल इन्फिल्डको न्यु जेनेरेसन क्लासिक ३५० लन्चिङको लागि तयारी अवस्थामा छ । सो मोटरसाइकल आगामी सेप्टेम्बर १ मा भारतमा लन्च हुने भएको छ ।
यो भन्दा पहिले यसको वारेमा केही जानकारी सार्वजनिक भएको छ । लिक भएको जानकारी अनुसार सो बाइक जे प्लेटफर्ममा डिजाइन गरिएको हो । सो प्लेटफर्ममा मेटियर ३५० पनि विकसित गरिएको थियो । न्यु जेनेरेसन क्लासिक ३५० ले क्लासिक ३५० क्रुजरको पावरटे«ेन पनि साझा गर्नेछ । ट्वीन क्र्याडल च्यासिसमा आधारित सो नयाँ बाइकमा १३ लिटरको इन्धन क्षमता रहेको छ ।
२०२१ रोयल इन्फिल्ड क्लासिक ३५० मा पर्ल ह्वाइट रङको प्रयोग गरिएको छ । उक्त रङ पहिला थन्डरबर्ड एक्समा पनि प्रयोग गरिएको थियो । इन्धन ट्यांकमा ह्वाइट र अन्य सबै प्यानलमा ग्लस ब्ल्याक रङ प्रयोग गरिएको छ । स्टिल रिम्समा ब्ल्याक कोटिङ गरिएको छ ।
लिक भएको भिडियो अनुसार बाइकमा निलो र हरियो रङको मिश्रण रहेको छ । आरई क्लासिक बाइकमा मेट ग्रीन रङ समेत राखिएको छ । भिडियो अनुसार न्यु जेनेरेसन मोडलमा किक स्टार्ट फिचर उपलब्ध रहेको छैन । तर क्लासिक ३५० एक्सटेरियर डिजाइन र टेक्नोलोजीको साथमा अपडेट गरिएको छ ।
पावरको लागि बाइकमा ३४८ सीसी, सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिनको प्रयोग गरिएको छ । जसले २०.२ एचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । साथै ५ स्पिड गियरबक्स समावेश गरिएको छ । नयाँ २०२१ क्लासिक ३५० मा इन्डिकेटर लाइटको डिजाइनमा पनि परिवर्तन गरिएको छ । रिपोर्टका अनुसार नयाँ मोडलमा एलईडी लाइट समावेश गरिने छ साथै सिंगल डाउनट्युब फ्रेमको स्थानमा ट्वीन डाउनट्युब फ्रेममा तयार गरिएको छ ।
क्लासिक ३५० न्यु जेनेरेसनमा भाइब्रेसन कम गर्नका लागि ब्यालेन्सर शाफ्टको प्रयोग गरिएको छ । सो बाइकमा क्रोम बेजलको साथमा रेट्रो स्टाइल भएको सर्कुलर हेडल्याम्प, टियर ड्रप सेपमा फ्युल ट्यांक, राउन्ड सेप रियरभ्यु मिरर, क्रोम प्लेटेड साइलेन्सर र आकर्षक फेन्डर्स समावेश गरिएको छ । बाइकको साइड प्यानल र फ्युल ट्यांकमा सी–सेपको ग्राफिक्स र फेन्डरमा नयाँ स्ट्रिप समावेश गरिएको छ ।
रिपोर्टका अनुसार २०२१ रोयल इन्फिल्ड क्लासिक ३५० मा फ्युल गेज, ओडोमिटर र ट्रिपर नेभिगेसन पोडको जानकारीको लागि डिजिटल डिस्प्ले समावेश गरिएको छ । सो ट्रिपर नेभिगेसन सिस्टम रोयल इन्फिल्ड एपको माध्यमले स्मार्टफोनबाट कनेक्ट गरी टर्न बाई टर्न नेभिगेसन देखाउँछ । ट्रिपर नेभिगेसन गुगलबाट कनेक्ट हुनेछ । स्मार्टफोनमा नेटवर्क सिग्नल नभएता पनि नेभिगेसनले काम गर्छ ।
२०२१ रोयल इन्फिल्ड क्लासिक ३५० मा पनि मेटियरमा जस्तै नब स्टाइल इग्निसन स्विचको प्रयोग गरिने सम्भावना रहेको छ । जसले बाइकको लुकलाई निकै आकर्षक बनाएको छ । इग्निसन स्विचको नबलाई औलाले अन वा अफ गर्न सकिन्छ ।
२०२१ रोयल इन्फिल्ड क्लासिक ३५०मा एसओएचसी सेटअप उपलब्ध हुनेछ । नयाँ ड्युल क्र्याडल च्यासिसको साथै बाइकमा ट्वीन पिस्टन फ्लोटिङ केलिपर्सको साथमा ३०० एनएम फ्रन्ट डिस्क ब्रेक र सिंगल पिस्टन फ्लोटिङ क्यालिपरको साथमा २७० एनएम रियर डिस्क ब्रेक समावेश गरिएको छ । सो बाइकमा डुअल च्यानल एबीएस सिस्टम समावेश गरिएको छ ।
२०२१ रोयल इन्फिल्ड क्लासिक ३५० बाइक पुरानो मोडल भन्दा महँगो हुनेछ । लन्चिङ पछि सो बाइकको होन्डा हाइनेस सीबी३५० र जावासँग कडा प्रतिस्पर्धा हुनेछ ।
रोयल इन्फिल्डले आफ्नो नयाँ बाइक हन्टर ३५० लन्च गर्ने तयारी गरेको छ । ३५०...
काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्स...
लामो समयदेखि प्रतीक्षित रोयल इन्फिल्डको नेक्स्ट जेनेरेसन मोडल आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...